News

Friday, December 25, 2015

ऋषि धमलाकी छोरीको पास्नीमा भीआइपीको घुइँचो ! पूर्वप्रधानमन्त्री र सभामुखदेखि सेनापतिसम्मले गरे पाउकष्ट



Onsari-Gharti1
 आर्मी अफिसर्स क्लवमा बुधबार देशका भीआइपीहरुको जमघट भयो । कार्यक्रम चाँहि अति नै सामान्य थियो- पत्रकार ऋषि धमलाकी छोरीको पास्नी ।
नेपालमा सामाजिक सुधार ऐन बनेको र सामाजिक कार्यमा फजूल खर्च गर्न नपाइने नियम कानूनहरु रहेको भएता पनि एक सामान्य नागरिकले गरेको पारिवारिक कार्यक्रममा सेनापतिदेखि सभामुखसम्मले सहभागिता जनाएर कार्यक्रमलाई रोचक बनाए ।
भूकम्प पीडितहरु जाडोले कठांग्रिइरहेका बेला भीआइपीहरुले काठमाडौंको चीसोको कुनै पर्वाह गरेनन् र उनीहरु ठाँटिएर आर्मी अफिर्सस क्लबमा पुगे ।
पत्रकार धमलाले एक वर्ष पुगेकी आफ्नी छोरी एरिकाको अन्नप्रासन (पास्नी) का अवसरमा आर्मी अफिसर्स क्लवमा पार्टी दिएका थिए । सो पार्टीमा को-को आएका थिए भन्दा पनि को-को आएका थिएनन् भन्नु उचित हुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति सुशील कोइराला र एमामाओवादी अध्यक्ष पुष्पकमल दाहाल बाहेकका लगभग सबै चिरपरिचित हस्तीहरु पास्नीमा पार्टी खान पुगे ।
Madhav-Nepal
समारोहमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र माधवकुमार नेपाल, कांग्रेस नेताहरु कृष्ण सिटौला, अर्जुननरसिंह केसी, विमलेन्द्र निधी, मधेसी मोर्चाका उपेन्द्र यादव, चुरे भावरका अध्यक्ष बद्री न्यौपाने लगायतका राजनीतिक हस्तीहरु थिए ।
यस्तै, सभामुख ओनसरी घर्ती, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्री, सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक दुर्जकुमार राई, मुख्य सचिव सोमलाल सुवेदी जस्ता उच्चपदस्थहरुको पनि कार्यक्रममा उपस्थिति रह्यो । मुख्यसचिव सुवेदीले धमलाकी छोरीलाई पहेंलो खाममा हालेर पैसा दिएका थिए ।
Somnath
पूर्वसेनापतिहरु रुक्मांगद कटवाल र छत्रमान गुरुङ पनि उपस्थित थिए । महानायक राजेश हमाल आफ्नी श्रीमतीसहित पास्नीमा पुगेका थिए । अन्य कलाकारहरु पनि बाक्लै देखिन्थे ।
पार्टीमा हाई प्रोफाइल व्यक्तिहरुको लाम देखेर धमला दम्पत्ति गदगद थिए । टीभीमा सधैं नेताहरुका पछाडि अक्सर देखिने धमला छोरी र श्रीमतीका साथ अनवरत मुस्कान छाड्दै विशेषरुपमा सजाइएको मञ्चमा उभिएका थिए । धमला पत्नी एलिजा गौतम दुलही जसरी सिंगारिएर बसेकी थिइन् । आगन्तुकहरुले पालैपालो मञ्चमा आएर बालिकालाई टीका लगाई हातमा खाम राखिदिए । उनीहरुले ऋषि दम्पत्तिलाई बधाइ दिए ।
Rajesh-Hamal
ऋषिले पार्टीका लागि प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई निम्तो पठाएका थिए । सहभागी एक पत्रकारका अनुसार कम्तिमा १५ सय व्यक्तिहरु पार्टीमा आए । भोज भतेरका लागि सामाजिक व्यवहार सुधार ऐनले तोकेको संख्याबारे त्यहाँ कुनै मतलव गरिएन ।
पार्टीमा नेपाली खानाका साथमा मासुका विभिन्न परिकारहरु उपलब्ध थिए । हार्ड ड्रिंक्स भने नराखिएको पार्टीमा सहभागी एक पत्रकारले जानकारी दिए ।
दुई साताअघिमात्रै घर जल्दा ५ लाख क्षति भएको बताउने धमलाले पास्नीमा खर्च कति भयो र यसको स्रोत के हो भन्ने विवरण सार्वजनिक गरेका छैनन् ।
Durjakumar-Rai
Rabindra-Chetri
Rukmangad
Sherbhasur-Deuba
Upendara-Yadav

दार्चुलाका प्रहरी हवल्दार काठमाडौंमा मृत फेला


जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी हवल्दार विक्रम बुढा काठमाडौंमा मृत अवस्थामा भेटिएका छन् । उनको हत्या भएको अनुमान गरिएको छ ।
Hatyaबालाजुको नेपालटारस्थित विष्णुमति खोलाको किनारमा हत्या गरिएको अवस्थामा बुढाको शव शनिबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।
बुढाको शव शनिबार बिहान नेपालटारस्थित नेपाली सेनाको एक नम्बर बाहिनी नजिकै विष्णुमति खोलाको किनारमा फेला पारिएको थियो ।
नदी किनारमा वेवारिसे शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुढाको शव रहेको वरपर रगत लत्पत्एिको छ ।

बलिउड फिल्म जसले सानो लगानीमा ठूलो व्यापार गरे


भारतमा हरेक वर्ष एक हजारको हाराहारीमा फिल्म बन्ने गरेको छ । सलमान खान, शाहरुख खान, आमिर खान जस्ता सुपरस्टारहरुले अभिनय गरेका फिल्म जति फाल्तु भए पनि मिडियामा राम्रै स्थान पाउछन् र दर्शक पनि मनग्गे बटुल्छन् ।  तर, यहाँ केही साना बजेटका फिल्मको सूची छ, जसमा ठूला स्टारहरु छैनन्, तर धेरै कमाई गरेका छन् ।
hate-story-3-2हेट स्टोरी ३ः विशाल पाण्डेयको निर्देशनमा बनेको ‘हेट स्टोरी-३’ १३.२ करोड रुपैयामा बनेको थियो । फिल्म रिलिज अघिसम्म धेरैले यसलाई वेवास्ता गरेका थिए ।
हिरोईनलाई भद्दा अंग प्रदर्शन गराएर ब्यापार गर्न खोजेको आरोप समेत लाग्यो । तर, फिल्मको विषय बोल्ड मात्रै हैन, रोचक पनि थियो । लगानीको तीन गुणाभन्दा बढी कमाई गरेपछि प्रसंसा गर्नेहरु धेरै भए । उक्त फिल्मले ५३.५ करोड कमाई गरेको थियो ।
किस किसको प्यार करुँः कमेडियन कपिल शर्माको मुख्य भुमिका रहेको किस किसको प्यार करुँलाई पनि रिलिज हुनु अघिसम्म धेरैले सानो बजेटको फिल्म भनेर टिप्पणी गरेका थिए । अब्बास-मस्तानको निर्देशन रहेको उक्त फिल्ममा कपिलका अतिरिक्त एली अवराम, मञ्जरी फडनिस, अरबाज खान, साई लोकुर लगायतका कलाकारले अभिनय गरेका छन् । जम्मा ११ करोड लगानीमा बनेको उक्त फिल्मले ४६.२५ करोड ब्यापार गरेको थियो ।
प्यारका पञ्चनामाः लभ रञ्जनको निर्देशन रहेको प्यारका पञ्चनामामा पुराना र चलेका कलाकार एकजना पनि छैनन् । कात्तिक आर्यन, नुशरत भरुचा, सोनाली सहगल, ईशिता राज शर्मा ओमकार कपुर जस्ता कलाकारले अभिनय गरेको यो फिल्मको लागत १८ करोड थियो । ६२ करोड कमाई गरेर चलेका कलाकार अभिनित फिल्मलाई यसले चुनौति दिएको थियो ।
तनु वेड्स मनु रिटन्र्सः दर्शकले निकै मन पराएको अर्को फिल्म थियो तनु वेड्स मनु रिर्टन्स । कंगना रनौत र आर माधवनको मुख्य भुमिका रहेको यो फिल्मको लागत ३१ करोड थियो । तर, फिल्मले १५२ करोड ब्यापार गरेको थियो । आनन्द एल रायको निर्देशन रहेको यो फिल्मवाट कंगनाले निकै प्रसंसा पाएकी थिईन् ।
पिकुः दीपिका पादुकोण र अमिताभ बच्चनको मुख्य भुमिका रहेको पिकुको लगानी ३५ करोड मात्रै हो । तर, यसले ७९.९२ करोड ब्यापार गरेको थियो । आर बाल्कीको निर्देशन रहेको उक्त फिल्ममा अभिनय गरेपछि दीपिकाको अभिनयको निकै तारिफ भएको थियो । अभिताभ र दीपिकाको अतिरिक्त इरफान खानले मुख्य भुमिका निर्वाह गरेका थिए ।
Badlapur_varun-Dhawan
बदलापुरः भनिन्छ नवाजुद्दिन सिद्दिकीलाइ उचाईमा पुर्‍याउने काम चलचित्र बद्लापुरले गरेको थियो । २५ करोड लागतमा बनेको उक्त फिल्मले ५१ करोड कमाई गरेको थियो ।
श्रीराम राघवनको निर्देशनमा बनेको यस फिल्ममा बरुण धवन, यामी गौतम, नवाजुद्दिन सिद्दिकी, राधिका अप्टे लगायतका कलाकारले अभिनय गरेका थिए ।
दम लगाकी हासियाः दम लगाकी हासियाको प्रोमो रिलिज हुँदै गर्दा नायिकाको मोटो ज्यानको वारेमा टिका टिप्पणी भएको थियो । शरत कटारियाको निर्देशनमा बनेको यस फिल्ममा आयुष्मान खुराना र भुमि पेडणेकरले मुख्य भुमिका निर्वाह गरेका छन् । १५ करोडमा बनेको यस फिल्मले ३० करोड ब्यापार गरेको थियो ।
तलवारः मेघना गुलजारको निर्देशन रहेको तलवारको लगानी २२ करोड थियो तर, फिल्मको कमाई २८.२० करोड थियो । इरफान खान, कोकणर्ा सेन शर्मा, नीरज काबी, सोहम शाह लगायतका कलाकारले अभिनय गरेका थिए ।
हन्टरः गुलशन देवैया र राधिका आप्टेको मुख्य भुमिका रहेको हन्टरमा राखिएका केही दृष्यको कारण राधिकाको आलोचना समेत भएको थियो । हर्षबर्धन जी कुलकणर्ीको निर्देशन रहेको यस फिल्म ६ करोडमा बनेको थियो भने १३.५० करोड ब्यापार गरेको थियो ।

मन्त्रालय फुटाउनु विसंगतिको जडः लीलामणि पौडेल 'फुटाइएका मन्त्रालयहरु पछिसम्म घाँडो हुन्छन्



लीलामणि पौडेल
नेपालमा मन्त्रालयको संख्या यसै पनि धेरै छ । प्रशासन सुधार आयोगले मन्त्रालयको संख्या संघीयता लागू नहुँदासम्म १८ वटा र लागू भएपछि १२ वटामा झार्न सुझाव दिएको छ ।
यतिबेला भागबण्डा मिलाउनका लागि मन्त्रालय फुटाउनु तत्कालीन र दीर्घकालीन दुबै हिसाबले उपयुक्त छैन ।
अहिले फुटाइएका मन्त्रालयहरु पछिसम्म घाँडो हुन्छन् । अझ, संघीयता लागू भइसकेपछि मन्त्रालय संख्या जसरी पनि घटाउनैपर्छ । त्यतिबेला उच्चपदस्थ कर्मचारीहरुलाई कहाँ समायोजन गर्ने भन्ने समस्या खडा हुनेछ ।
प्रशासनिक दृष्टिकोणबाट हेर्दा मन्त्रालय फुटाउने कार्यले अनेक विसंगति जन्माउँछन् । यसलाई चारवटा पक्षबाट हेर्न सकिन्छ ।
पहिले एउटा मन्त्रालयमा सेट भएका कर्मचारीलाई दुई मन्त्रालयमा बाँड्नुपर्ने हुन्छ । यसबाट कर्मचारीहरुबीच को नयाँमा जाने र को पुरानोमा बस्ने भन्ने द्वन्द्व र अन्योलको अवस्था आउँछ । पुरानोमा बस्ने र नयाँमा जाने कर्मचारीहरु बीच सुविधाको समान वितरण हुन सक्दैन ।
दोस्रो, नयाँ जन्मिएको मन्त्रालयका लागि भवन तथा भौतिक पूर्वाधारको व्यवस्थापन गर्न समय लाग्छ । राज्यको ढुकुटीबाट अनावश्यक पैसा खर्चिनुपर्ने हुन्छ ।
तेस्रो, एउटा मन्त्रालयमा रहेका परियोजना र कार्यक्रमहरु खोसाखोस हुने अवस्था आउँछ । आकर्षक परियोजना पुरानोले नछाड्ने र नयाँ लैजान खोज्ने सिलसिला लामो समय चलिरहन सक्छ ।
चौथो, क्षेत्राधिकारको लडाइँ सुरु हुन्छ । कुनै विषयमा दुवै मन्त्रालयले हात हाल्न खोज्छन् भने कुनैमा दुबै मन्त्रालय पछि हट्न खोज्छन् । पाचौं, भनेको समन्वयको अभाव हुन्छ । एउटा मन्त्रालयले भनेको अर्कोले नटेर्ने र एक-अर्कालाई पेल्न खोज्ने प्रवृत्ति हावी हुन्छ ।
केही दृष्टान्त:
– सहकारी तथा गरिबी मन्त्रालय बनाइयो तर गरिबी निवारण कोष त्यसमा जान मानेन । यो कोष अहिले पनि प्रधानमन्त्री कार्यालयकै मातहतमा छ । आफ्नो मातहतमा रहनुपर्ने निकाय प्रधानमन्त्रीकै मातहतमा रहँदा सहकारी तथा गरिबी निवारण मन्त्रालयको औचित्यमै प्रश्न उठेको छ ।
– जलस्रोत र कृषि मन्त्रालय फुटाएर उर्जा र सिचाइँ मन्त्रालय बनाइएपछि भारतसितको वार्तामा नेपाली पक्षको प्रस्तुति कमजोर बन्न पुगेको छ । वार्तामा दुवै मन्त्रालयका मन्त्रीहरु आफू जान खोज्छन् । एकपटक उर्जामन्त्री र सिचाइँ मन्त्री दुबैजना जलस्रोत वार्तामा भाग लिन पुगेका थिए । जबकि भारतको तर्फबाट एक मात्र मन्त्री थिए ।
– साझा प्रकाशन, जसले पाठ्पुस्तक प्रकाशन र वितरण गर्छ, यो पहिले कृषि तथा सहकारी मन्त्रालयअन्तरगत थियो । उक्त मन्त्रालय फुटाइएपछि यो सहकारी मन्त्रालयतर्फ लगियो । तर, यसले गर्ने काम शिक्षा मन्त्रालयसित जोडिएको भनेर मन्त्रिपरिषदले निर्णय गरेर शिक्षाको मातहतमा राखियो । एक महिना अगाडि यसमा सहकारी मन्त्रालयले जीएम नियुक्त गरेको कुरा आएको छ । यसरी एउटा मन्त्रालय मातहत काम गर्ने तर जीएम अर्को मन्त्रालयले नियुक्त गर्ने अवस्थामा त्यहाँ पक्कै पनि कचिङ्गल उत्पन्न हुन्छ ।
– फोहोर मैला स्रोत परिचालन केन्द्र भन्ने संस्था छ । शहरी विकास मन्त्रालय जन्माइएपछि यसलाई सो मन्त्रालयमा तानियो । जबकि यसले सारा काम स्थानीय विकास मन्त्रालयको समन्वयमा गर्नुपर्ने हुन्छ । काम एउटा मन्त्रालयसित गर्नुपर्ने, बजेट अर्को मन्त्रालयसित माग्नुपर्ने अवस्था छ ।
– विज्ञान मन्त्रालय बनाइएको आठ वर्षपछि सूचना प्रविधि विभाग अर्थात आइटी डिपार्टमेन्टलाई त्यसबाट झिकेर दुई महिनाअघि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा ल्याइयो । डेढ वर्ष अगाडिदेखि यो प्रयास हुँदा मैले रोकेको थिएँ । म निस्केपछि लगत्तै यो काम भएको छ । जबकि यो विभागका कामहरु विज्ञान तथा प्रविधि मन्त्रालयसित गाँसिएका छन् ।

साझा र ट्रली बस बन्द गर्न खोज्दा…. संस्मरण: म पुलिसको सर्वाधिक खोजीको सूचीमा चढेँ


नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा बि.सं. ०४६ सालको संयुक्त संघर्ष एउटा महत्वपूर्ण घटना थियो । पुग नपुग दुई महिनासम्म चलेको उक्त संघर्षले तीस बर्षे निरंकुश पञ्चायती व्यवस्थालाई समाप्त गरी वहुदलीय प्रजातन्त्र पुनः स्थापना गर्‍यो । नेपाली कांग्रेस र संयुक्त वाममोर्चाले सञ्चालन गरेको उक्त छोटो समयको आन्दोलन अनेक उतार-चढाव भएर गुजि्रएको थियो ।
प्रभुनारायण बस्नेत
प्रभुनारायण बस्नेत
हजारौंको संख्यामा आन्दोलनकारी सडकमा ओर्लिएको घटना र चारजना आन्दोलनकारी एकै ठाउँमा जुट्न नसक्ने स्थिति त्यो आन्दोलनमा देखिएको थियो । ०१७ साल पुसमा पार्टीहरुमाथि प्रतिवन्ध लागेपछि खुला गतिबिधि गर्न नपाए पनि गुप्त रुपले दलहरु क्रियाशील छँदै थिए । त्यसमा पनि ०३६ सालको जनमतसंग्रहपछि त नेपाली कांग्रेसले जमलमा झण्डा नै फहराएर पार्टी कार्यालय सञ्चालन गरेको थियो ।
नेकपा (माले), नेकपा (चौम) र नेकपा (मशाल) र मसाल जस्ता ‘रेडिगल’ पार्टीका नेताहरु भूमिगत भए पनि कृष्णराज बर्मा, बिष्णुबहादुर मानन्धर, तुलसीलाल अमात्य, शम्भुराम श्रेष्ठ, नारायणमान बिजुक्छे आदि कम्युनिष्ट नेताहरु राजधानीमै खुलारुपले हिँडडुल गर्थे ।
जे भए पनि पार्टीहरु प्रतिबन्धित भएकाले तिनको खुला गतिविधि चाँहि निसिद्ध थियो । राजनीतिक पार्टीहरुको उद्देश्य पनि समान थिएन । नेपाली कांग्रेस र केही बामपन्थी समूह दलमाथिको प्रतिबन्ध हट्नुलाई नै आफ्नो आन्दोलनको सफलता र पार्टीको एकमात्र उद्देश्य ठान्थे भने माले, मसाल, चौम र मशाल जस्ता पार्टी जनवाद नै ल्याउने कुरा गर्थे ।
यी दुई विपरित बिचारधारा भएका दुई ध्रुवमा विभाजित दलहरु नै आपसमा राजनीतिक, वैचारिक, सैद्धान्तिक र कतिपय अवस्थामा भौतिकरुपमै भीडन्त गर्थे ।
ती दल एकै थलोमा उपस्थित हुने अवस्था नै थिएन भने साझा संघर्ष गर्ने कुरा त टाढाकै कुरा थियो । यो अवस्थाबाट मुक्ति पाउन र पञ्चायत इत्तर शक्तिहरलाई एक ठाउँमा ल्याउन पार्टीहरु सम्वद्ध विद्यार्थी संगठनले महत्वपूर्ण भूमिका खेले ।
भारतले ०४५ सालमा व्यापार तथा पारबहन सन्धी नवीकरण नगरी गरेको नाकाबन्दीपछि कांग्रेस सम्वद्ध नेपाल बिद्यार्थी संघ र विभिन्न कम्युनिष्ट पार्टी सम्बद्ध विद्यार्थी संगठनबीच छलफल, वहस, बिचार बिमर्श तीव्ररुपले सञ्चालन भयो । र, तिनीहरुबीच पञ्चायत अन्त्यको साझा मुद्दामा मिलेर अघि बढ्ने सहमति बन्यो ।
उता नेपाली कांग्रेस एक्लैले पञ्चायतविरुद्ध अन्तिम र निणयक संघर्ष गर्ने घोषणा गरिसकेको थियो भने कांग्रेसकै दवावमा संयुक्त संघर्ष गर्न भनी सात वटा वामपन्थी समूहहरु नेकपा (माले), चौम, माक्र्सवादी, नेमकि संगठन, अमात्य समूह, बर्मा समूह र मानन्धर समूहले संयुक्त वाममोर्चा निर्माण गरे ।
अझै पनि कांग्रेस-वाममोर्चा र कांग्रेस मिलेर साझा संघर्षको कार्यक्रम तय गर्ने र त्यसलाई संयुक्त रुपले घोषणा गर्ने सम्भावना बनेन । बाहृय दबावका कारणले कांग्रेस कम्युनिष्टसँग मिलेर अगाडि बढ्न हच्क्यो । फलतः कांग्रेस र बाममोर्चाले संयुक्त रुपले कार्यक्रम तय गरेर पनि छुट्टाछुटै घोषणा गर्ने समझदारी बन्यो ।
यसरी सहमति भएपछि ७ फागुनमा देशव्यापीरुपमा पार्टी नेताहरुकै नेतृत्वमा झण्डासहित जुलुस प्रदर्शन गर्न निर्णय भयो । व्यापक तयारी र प्रचार प्रसारका साथ भएको उक्त कार्यक्रमबाट पञ्चायती सरकार नराम्रोसँग डराएको थियो ।
त्यही डरका कारण सरकारले आयोजना गर्ने राष्ट्रिय प्रजातन्त्र दिवसको कार्यक्रममा उपत्यकाका सम्पूर्ण कर्मचारीलाई उपस्थित हुन निर्देशन दिइयो । दशरथ रंगशालामा हुने उक्त कार्यक्रममै सबै कर्मचारीको हाजिरी लिने र हाजिर हुन आउँदा कर्मचारीहरुले अनिवार्यरुपले औपचारिक पोशाक लगाउनुपर्ने व्यवस्था गरियो ।
तर त्यही निर्णय सरकारका लागि प्रत्युत्पादक बन्यो । कर्मचारीहरु रंगशालाबाटै सुन्धारा पुगेर दलहरुको जुलुसमा सामेल भए ।
दलहरुले शुरुको कार्यक्रम निकै राम्रो तयारीका साथ गरेकाले फागुन ७ गतेको कार्यक्रम देशव्यापीरुपमै अपेक्षा गरेभन्दा राम्रो भयो । ७ गतेको कार्यक्रमको सफलताको प्रभावले ८ गतेको नेपालबन्द पनि शान्दाररुपले सफल भयो । ७ र ८ गतेको कार्यक्रममा धेरैजसो दलले आफ्ना अग्रपंतीका कार्यकर्ता सामेल गराएका थिए ।
त्यतिबेला पार्टी कार्यकर्ता भन्नु नै युवा विद्यार्थीलाई बुझिन्थ्यो । बिद्यार्थी बाहेक केही मजदुर र अन्य क्षेत्रका कार्यकर्ता नगन्य रुपमा हुन्थे । ७ र ८ गतेको कार्यक्रममा धेरै जसो बिद्यार्थी नेता कार्यकर्ता गिरफतार भए । ८ गतेको बन्दपछि सानातिना कार्यक्रम मात्र थिए । ठूलो कार्यक्रमका रुपमा एकैपटक फागुन १९ गते आम हडताल आहृवान गरिएको थियो ।
दलका नेताहरु बसेर कार्यक्रम बनाउँथे र त्यसलाई बिद्यार्थी संगठनहरुले कार्यान्वयन गर्नुपथ्र्यो । त्यसबेला म अ.ने.रा.स्व.बि.यु केन्द्रीय समितिको अध्यक्ष थिएँ । नेविसंघ र अनेरास्ववियुपछि कार्यकर्ता परिचालन र आन्दोलन सञ्चालनको दृष्टिले मैले नेतृत्व गरेको अ.ने.रा.स्व.बि.यु तेस्रो ठूलो शक्ति थियो । ठूला विद्यार्थी संगठनहरु हौसिएर सबै कार्यकर्तालाई एकैपटक गिरफ्तार गराएकाले १९ गतेको नेपालबन्द सफल पार्ने कार्य थप चुनौतिपूर्ण बन्यो ।
यो कार्यक्रमलाई हर-हालतमा, सफल पार्नुपर्छ भन्ने आधारमा मैले कार्यकर्तालाई केही पेट्रोल, साइकलका चेन संकलन गर्न लगाएँ । दलहरुको बन्दको आहृवानले शिक्षण संस्था, ट्याक्सी टेम्पो, रुटमा चल्ने अरु बस र पसल बन्द भए पनि सरकारले सञ्चालन गरेका साझा यातायात र ट्रलीबस कुनै पनि हालतमा बन्द हुँदैन थिए । आमहड्ताल पूर्णरुपले सफल पार्न ट्रली र साझा बस बन्द नगराई हुँदैनथ्यो । त्यसकारण ट्रली बस बन्द गराउन ठाउँ-ठाउँमा साइकलका चेनले बत्तीको फ्युज उडाइदिने र साझा बस हिँड्ने स्थानमा पेट्रोलमा आगो लगाई प्रहार गरेर तर्साउने हाम्रो उद्देश्य थियो ।
त्यसरी बन्द गराउने सिलसिलामा एउटा टोली मीनभवनमा ट्रलीबसमा बन्द गराउन गएको थियो । त्यहाँ पुलिसको गतिबिधि बढेपछि गिरफ्तारीमा परिने डरले त्यो टोली शंखमूल हुँदै कुमारीपाटी पुग्यो ।
रत्नपार्क-लगनखेल चल्ने गुडिरहेको साझा यातायातको बसमाथि ढुङ्गा प्रहार गर्दै गर्दा श्यामकृष्ण खत्री नामका बिद्यार्थी पक्राउ परे । उनका साथमा मेरो सम्पर्क नम्बर थियो, खत्रीको गिरफ्तारीपछि त्यो सिधै पुलिसको हातमा पर्‍यो । पुलिसले गिरफ्तार छात्रबाट नम्बर समेत बरामत भएको आफ्नो हाकिमलाई जानकारी गराउँदा प्रयोग गरेको सञ्चार सेटको आवाज रेडियोको एफएम बैण्डबाट आन्दोलनकारीले सुनेर पत्ता लगाउँथे । त्यो घटना पनि नेबिसंघका महामन्त्री नबिन्द्रराज जोशीले तत्काल एफएममा सुनेछन् र उनले मलाई टेलिफोन गरी सुरक्षित रहन भने ।
मैले बन्दमा खटिएका टोली र सात विद्यार्थी संगठनका नेतृत्वहरुलाई आफू त्यस दिन बसेको ठाउँको टेलिफोन सम्पर्क दिएको थिएँ ।
त्यसबेला टोलमा ठूलाबडा भनिने एकदुई जनाको घरमा मात्रै मुस्किलले टेलीफोन हुन्थ्यो । म ललितपुर नगर पञ्चायतको १८ नम्बर वडाका वडाध्यक्ष -जो चौथो महाधिबेशनको तर्फबाट जितेका थिए) को घरमा बसेर आन्दोलन सञ्चालन गर्दै थिएँ । खवर पाएपछि म अलि सतर्क रहंे । र, सकेसम्म सबै टोलीलाई निर्देशन दिएर चाँडो सो ठाउँ छाड्ने प्रयास गरेँ ।
म लगभग ५ बजेतिर बसेको ठाउँ छाडी गल्लीको बाटो हुँदै शंखमूल पारि बानेश्वरमा एकजना साथीको डेरामा पुगँे । म निस्किएको १० मिनेट नबित्दै पौरुषधर बज्राचार्यको गाबहालमा रहेको घर चारवटा जीपमा आएका सशस्त्र प्रहरीले घेरे छन् । धन्न, वडाध्यक्ष पौरुषधर र वहाँका दाइ गंगाधर पछाडिको बाटोबाट निस्किएर बच्न सफल हुनुभएछ । उहाँका ८० काटेका बा आमा अत्यन्त त्रसित हुनुभयो ।
त्यो घटनादेखि म प्रहरीको सर्वाधिक खोजीको सूचीमा परेँ । आन्दोलनका क्रममा जुन संगठनको नेता-कार्यकर्ता समाते पनि वा हाम्रा जुन कार्यकर्ता समाते पनि प्रहरीले मलाई नै सोध्ने गरेको कुरा मैले साथीहरुबाट बारम्बार सुन्न थालेँ । एक किसिमले मेरो निम्ति भयंकर त्रास उत्पन्न गराउने प्रयास गरियो ।
कतिले त आन्दोलन छाडेर भारतीय सीमावर्ती गाउँमा गएर बस्न सुझाब पनि दिए । तर, त्यसबेला हाम्रो संगठनमा कार्यकर्ता परिचालन गरेर आन्दोलन हाँक्ने अर्को कुनै नेता नभएकाले मैले त्यसो गर्न सकिँन र पुलिसको आँखा छल्दै संघर्ष सञ्चालन गरिरहें ।

टेलिकमले फेरि ब्यालेन्स ट्रान्सफर सुविधा दियो (नयाँ तरिकासहित)


नेपाल टेलिकमले फेरि ब्यालेन्स ट्रान्सफर सेवा सुरु गरेको छ । केही समयदेखि बन्द रहेको ब्यालेन्स टान्सफरको सुविधा गएरातिदेखि पुन सञ्चालनमा आएको हो ।
NTC-Logoअहिले नेपाल टेलिकमले ब्यालेन्स ट्रान्सफर गर्ने तरिकामा केही हेरफेर गरेको नेपाल टेलिकमका सह-प्रवक्ता डिल्लीराम अधिकारीले बताए ।
ब्यालेन्स ट्रान्सफरको नयाँ पद्धति अनुसार अब जति रुपैयाँ टान्सफर गर्ने हो त्यति नै टाइप गर्दा हुन्छ । यसअघि रुपैयाँलाई पैसामा कन्र्भट गरेर टान्सफर गर्ने प्रणाली थियो ।
उदाहरणका लागि यसअघि २० रुपैयाँ ब्यालेन्स ट्रान्सफर गर्न २००० पैसा टाइप गर्नु पर्ने थियो भने । अब २ भने ० रुपैयाँका लागि २० नै लेख्नुपर्नेछ ।
नयाँ प्रणाली अनुसार एक उपभोक्ताले अर्को उपभोक्तालाई १० रुपैयाँदेखि १०० रुपैयाँसम्म मात्र ब्यालेन्स पठाउन सक्छ । २४ घण्टामा एउटा नम्बरबाट दिनको पाँच पटक मात्र व्यालेन्स टान्सफर गर्न सकिनेछ ।
ब्यालेन्स ट्रान्सफर गर्न सुरुमा स्टार अनी ४२२ फेरि स्टार, मोबाइलको पिन नम्बर, स्टार, ट्रान्सफर गर्न चाहेको मोबाइल नम्बर पुन स्टार, ट्रान्सफर गर्न चाहेको रकम (रुपैयाँमा) र ह्यास्ट्रिक टाइप गरेर रिक्वेस्ट गर्न सकिने छ ।
धेरै ग्राहकहरुले ब्यालेन्स टान्सफर सुविधा सुरु गर्न माग गरेकाले अत्यावश्यक अवस्थमा सबैलाई सुविधा होस् भन्ने उद्देश्यले ब्यालेन्स ट्रान्सफर सुविधा फेरि सुरु गरिएको अधिकारीले जानकारी दिए ।

विवाहको रातमै लाखौँको गहना र उपहार लिएर दुलही भागेपछि…



Behuli
टर्कीको पुलिसले आजकल एकजना लुटेरा बेहुलीको खोजी गरिरहेको छ । यी बेहुली विवाहको पहिलो रातमै लाखौँ रुपैयाँ मूल्यका गहना तथा उपहार लिएर फरार भएकी हुन् । सिरियाली आप्रवासी रहेकी यी युवकीले यसअघि पनि दुइपटक सम्म यस्तै विवाहको नाटक गरेर ठगी गरेको खुलासा भएको छ ।
बेहुली बनाएर जिन्दगी बिताउने अभिलाषाका साथ ती युवतीलाई भित्राएका टर्कीको डेनजिली सहरका बेहुला राजा तुरकलका अनुसार एक म्यारिज ब्युरोमार्फत ती युवतीसँग उनको विवाह भएको हो । परिवार तथा आफन्तको सहमतीमै ती सिरियाली आप्रवासी युवतीसँग उनको विवाह भएको थियो ।
आफुले बेहुलीसँग सुहागरात पनि मनाउन नपाएको र उनी आफुलई ठगेर भागेको पीडित बेहुलाको भनाइ छ । विवाहको रात ठग बेहुलीले ती युवकलाई पेय पदार्थमा केही चिज मिसाएर खुवाइछन् । उक्त पेय पदार्थ खाएपछि बेहुला बेहोस् बने । ब्युझिँदा त झण्डै ८ लाख रुपैयाँ पर्ने सुनका सिक्का, गहना तथा नगद समेत लिएर बेहुली त्यहाँबाट सुइँकुच्चा ठोकिसकिछन् ।
जब उनले आफु ठगिएको कुरा पुलिसमा गएर उजुरी गरे र ती बेहुलीको तस्वीर पनि देखाए तब पुलिस अचम्ममा पर्यो । ती युवतीविरुद्ध यसअघि पनि दुइजनाले यस्तै ठगीको मामिलामा उजुरी गरिसकेका रहेछन् । आफुले लाखौँ खर्च गरेर विवाह गरेको र बेहुली उल्टै लाखौँ रकम लिएर भागेपछि ती युवक पीडामा परेका छन् ।