Sunday, December 20, 2015

विश्व साइकल यात्री पौडेल दुर्घटनामा घाइते शारीरिक अपाङ्गता भएका पौडेल भन्छन्- मानसिक रुपमा विचलित छैन



Chitra-Paudel-Injured
६ पुस, काठमाडौं । अपाङ्गहरु पनि साङ्गभन्दा कम हुँदैनन् भन्ने विश्वास दिलाउन विश्वमा शान्तिको कामना गर्दै विश्व भ्रमण गरिरहेका नेपालका एकमात्र पोलियो प्रभावित साइकलयात्री चित्र पौडेल दुर्घटनामा परेका छन् ।
५४ वटा देशहरुको सफल भ्रमण गरी ओमन, बहराइन हुँदै यूरोपको यात्रामा निस्कने तयारी गरिरहेका बेला गत पुस १ गते ललितपुरको सातदोबाटोमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री पौडेल घाइते भएका छन् । उनको पोलियोबाट सुकेको दाहिने खुट्टा भाँचिएको छ ।
दुर्घटनाले विश्व साइकयात्रामा केही समय अबरुद्ध भए पनि विश्वको भ्रमण गर्ने आफ्नो प्रतिबद्धताबाट आफू मानसिक रुपमा विचलित नभएको उनले बताएका छन् ।
बिएन्डबीका चिकित्सकहरुको अथक प्रयासपछि रड राखेर उक्त खुट्टाको सर्जरी गरिएको उनले बताएका छन् । आर्थिक अभावका कारण अस्पताबाट कहिले डिस्चार्ज हुने अन्योल रहेको बताउँदै साइलकयात्री पौडेलले सहयोगका लागि सबैसँग अपिल गरेका छन् ।
after-surgery-poliyo-cyclset-chitra-poudel

No comments:

Post a Comment