पुष्प दुलाल
२८ मंसिर, काठमाडौं । तपाईले अब आफ्नो बिजुलीको बिलको भुक्तानी प्रभू बिलिङ प्रालिबाट गर्न पाउनु हुने भएको छ ।
पछिल्लो समय सेवा क्षेत्रको व्यवसायमा ‘छलाङ’ मारेको प्रभू समूहले बिजुलीको बिल भुक्तानी गरी आफ्ना उपभोक्ताको समय र श्रमको बचत गरिदिने व्यवसया सञ्चालन गरेको हो ।
त्यसबावत कम्पनीले उपभोक्तासँग झिनो रकम सेवा शुल्क लिन्छ । समूहले ५ करोड रुपैयाँको लगानीमा प्रभू विलङ प्रा.लि स्थापना गरेको हो ।
प्रभू समूहबाट कारोबार गर्ने ग्राहकलाई सम्पूर्ण वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्रभू बिलिङ कम्पनी स्थापना गरिएको कम्पनीका प्रवन्ध निर्देशक दक्ष पौडेलले अनलाइनखबरलाई जानकारी दिए । पौडेल प्रभू बैंक र प्रभू इन्स्योरेन्सका सञ्चालक हुन भने प्रभू कोअपरेटिभका कार्यकारी प्रमुख हुन् ।
प्रभू बिलिङले ‘पाइलट प्रोजेक्ट’कारुपमा कास्कीको पोखरा, चितवनको भरतपुर र ललितपुरको लगनखेलस्थित नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रको बिल उठाउने काम सुरु गरिसकेको प्रवन्ध निर्देशक पौडेलले बताए ।
‘हाल विद्युत प्राधिकरणका ३ वटा वितरण केन्द्रमा दैनिक करिब ८ सय ग्राहकले प्रभू बिलिङमार्फत बिजुलीको बिल तिरिरहेका छन्’ उनले भने ।
उपभोक्ताको समय र श्रमको बचत होस भनेर बिजुलीको बिल तिरिदिने कम्पनी स्थापना गरेको पौडेलले जानकारी दिए ।
प्रभू म्यानेजम्यान्ट अन्गर्तका प्रभू अन्तर्गतका ५ हजार सहकारी संस्था, प्रभू मनि ट्रान्सफरका १२ सय एजेन्ट, प्रभू बैंकका १ सय १२ वटा शाखाबाट उपभोक्ताको बिजुलीको बिल संकलन गरिने उनले जानकारी दिए ।
बिल भुक्तानीका लागि सहजिकरण गरेबापत प्रभू समूहले उपभोक्ताबाट झिनो रकम सेवा शुल्कका रुपमा लिने छ ।
बिलको आकार | सेवा शुल्क |
---|---|
१ देखि ८० रुपैयाँसम्म | १० रुपैयाँ |
८१ देखि ३६५ रुपैयाँसम्म | १५ रुपैयाँ |
३६६ देखि ७९५ रुपैयाँसम्म | २५ रुपैयाँ |
७९६ देखि १७६५ रुपैयाँसम्म | ३० रुपैयाँ |
१७६६ देखि ४४०० रुपैयाँसम्म | ३५ रुपैयाँ |
४४०१ देखि ६९०० रुपैयाँसम्म | ४५ रुपैयाँ |
६९०१ देखि ५०००० रुपैयाँसम्म | ५० रुपैयाँ |
५०००१ रुपैयाँ देखि माथि | ६० रुपैयाँ |
विद्युत उत्पादन तथा वितरण गर्ने सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणसँग प्रभू बिलिङले बिजुलीको बिलको भुक्तानी उठाइदिने सम्झौता गरेको छ । गत साउनमै यस्तो सम्झौता गरिएको प्रबन्ध निर्देशक पौडेलले बताए ।
‘परिक्षणकोरुपमा केही महिना काम गर्दा राम्रो सफलता हात परेको छ,’ पौडेलले भने- ‘अब यो सेवाको थप विस्तार गर्छौं ।’
No comments:
Post a Comment