Tuesday, December 22, 2015

ग्यास नपाएको झोकमा चाल्नाखेलमा पिटिए प्रहरी (फोटो फिचरसहित) एभरेष्ट ग्यासले ढाँट्दा उपभोक्ता आक्रोसित



DSC_9595 copy
श्रीधर पौडेल 
 कीर्तिपुरको चाल्नाखेल मंगलबार दिउँसो जनअन्दोलनको बेला जस्तै तनावग्रस्त रहृयो । प्रहरीको हतियार समेत खोसियो भने नेपाल प्रहरीका दुई डीएसपी समेत कुटिएको दृश्यले चाल्नाखेल केहीबेर रणमैदान जस्तै बन्यो ।
प्रहरी अधिकारीहरुले संयमता नअपाएको भए टीकापुर घटना दोहोरिन्थ्यो भन्ने प्रहरी प्रतिक्रिया छ । घटनामा दुई डीएसपीसहित सात प्रहरी घाइते भएका छन् । डीएसपीको घाँटीमा चोट लागेको छ ।
Chalnakhel Jhadap (3)
डाँडाबाट प्रहरीलाई ढुंगामुढा गरेका स्थानीयबासी भने प्रहरीको संयमताका कारण सुरक्षित छन् । डीएसपी टीका केसीको साथबाट खोसिएको हतियार प्रहरी टोलीले झाडीमा खोज्दा समेत भेटिएको छैन ।
किन भयो घटना ?
एभरेष्ट ग्यासको उद्योग तथा डिपो चाल्नाखेलमा छ । स्थानीयबासीले त्यहीबाट ग्यास लिन्थे । आइतबार ग्यास आएको देखेपछि स्थानीयबासी जम्मा भए र ग्यास मागे ।
तर, ग्यास उद्योग संघका अध्यक्ष समेत रहेका शिव घिमिरेले स्थानीयलाई मंगलबार ग्यास दिने बचन दिए । स्थानीयले ३०० सिलिण्डर ग्यास माग्दा उनले १००० सिलिण्डरको आश्वासन दिए ।
Chalnakhel Jhadap (1)
मंगलबार विहानैदेखि स्थानीय लाइनमा लागे । ९ सयभन्दा बढीमा मानिस लाइनमा बसे । उद्योगमा पनि १५०० सिलिण्डर ग्यास थियो । दिउँसो फेरि केही ग्यास थपियो ।
तर, ग्यास नपाएपछि स्थानीय आक्रोसित भए । उनीहरु तोडफोडमा उत्रिन खोजेपछि प्रहरीले रोक्न खोजे । प्रहरीले आफ्नो पहलमा भएपनि ग्यास बाँड्ने बताएको थियो । तर, स्थानीयले तोडफोडमा मात्र उत्रिएनन्, प्रहरीमाथि नै जाइलागे ।
स्थानीयको समूहले सम्झाउन पुगेका डीएसपी केसीलाई तानेर कुटपिट गरे र उनको साथमा रहेको पेस्तोल खोसे । स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रुग्यास हानेको छ । तर, स्थानीयबासी माथि डाँडोमा उक्लिएर ढुंगामुढा गरेका छन् ।
स्थिति केही सामान्य भएपछि प्रहरीले झाडीहरुमा पेस्तोल खोसेपनि भेटाएन ।
Chalnakhel Jhadap (30)
भिडियो

Chalnakhel Jhadap (4) Chalnakhel Jhadap (6) Chalnakhel Jhadap (9) Chalnakhel Jhadap (15) Chalnakhel Jhadap (21) 
Chalnakhel Jhadap (30) Chalnakhel Jhadap (32) Chalnakhel Jhadap (35)

No comments:

Post a Comment