Tuesday, December 22, 2015

अवैधरुपमा अमेरिका जान खोज्ने १६ नेपाली ग्वाटेमालामा पक्राउ


अवैधरुपमा अमेरिका जान खोज्ने १६ नेपाली ग्वाटेमालामा पक्राउ परेका छन् । एउटै समूहमा रहेका १७ बंगलादेशीसमेत पक्राउ परेको ग्वाटेमालाका अधिकारीले बताएका छन् ।
उनीहरु बस चढेर राजधानी ग्वाटेमाला सिटी बाहिर जाने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सबै पुरुष छन् । उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । ‘मानव तस्करको सूचना पाएर छापा मार्दा उनीहरु पक्राउ परेका हुन्’, प्रहरीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
फक्राउ परेका उनीहरुलाई सरकारी आवासमा राखिएको छ । उनीहरु एसियाबाट अफ्रिका कसरी आइपुगे भन्नेबारे प्रहरीले खुलाएको छैन ।
यसअघि एसियाली मूलका नागरिकलाई अवैधरुपमा अमेरिका पठाउन सक्रिय ४ नागरिकलाई जुन महिनामा प्रहरीले पक्राउ गरेको थियो ।
अगष्ट महिनामा ग्वाटेमाला प्रहरीले आफ्नो मुलुक हुँदै अमेरिका जान खोज्ने ११ नेपाली, ७ बंगलादेशी, १ साल्भाडोरन र १ होन्डुरन नागरिकलाई पक्राउ गरेको थियो ।



No comments:

Post a Comment