३ पुस, काठमाडौं । चेल्सीका समर्थकहरुले अन्तिम समयसम्म जोसे माउरिन्होको गीत गाइरहे । तर, सात महिना अघि प्रिमियर लिग जिताएका माउरिन्होप्रति चेल्सीका मालिक रोमन अब्रामोभिच कठोर बने ।
अब उनी नयाँ म्यानेजर खोजीमा लागेका छन् । लण्डनको क्लबको प्रशिक्षकका लागि केही सम्भावित उम्मेदवारका रुपमा को को छन् त ?
पेपे ग्लार्डिआलो
स्पेनिस क्लब बार्सिलोनालाई १४ उपाधि दिलाएका ग्बार्डिआलो अहिले जर्मनीमा छन् । उनले बार्यन म्युनिखलाई एक च्याम्पियन्स लिग दिलाइसकेका छन् भने लगातार बुन्डेजलिगा जिताइरहेका छन् ।
स्पेनिस क्लब बार्सिलोनालाई १४ उपाधि दिलाएका ग्बार्डिआलो अहिले जर्मनीमा छन् । उनले बार्यन म्युनिखलाई एक च्याम्पियन्स लिग दिलाइसकेका छन् भने लगातार बुन्डेजलिगा जिताइरहेका छन् ।
तर, बार्यन म्युनिखसँगको उनको सम्झौता हालै सकिएको छ र भविश्यबारे अर्को साता बताउँदैछन् । जर्मन पत्रिकाहरुमा उनले बार्यन छाड्न सक्ने समाचारहरु आएको छ, र यो चेल्सीका लागि सुखद हुनसक्छ ।
तर, ग्वार्डिओलाप्रति म्यानचेष्टर सिटी र युनाइटेड दुबैले इच्छा देखाएका छन् । र, उनको रोजाइमा सिटी पर्न सक्ने आंकलन समते गरिएको छ ।
डिएगो साइमन
४५ वर्षका साइमनले ला लिगामा बार्सिलोना र रियल मड्रिडको लामो समयदेखिको दबदबा तोडे । र, २०१३/१४ सिजनमा एथ्लेटिको मडि्रडलाई ला लिगा जिताए । यो पछिल्लो १८ वर्षमा एथ्लेटिको मडि्रडको पहिलो लिग उपाधि समेत थियो । साथै उनले क्लबलाई च्याम्पियन्स लिग फुटबलको फाइनलसम्म पुर्याए । जुन खेलको फाइनलमा एथ्लेटिको मड्रिड रियल मड्रिडसँग पराजित भएको थियो ।

एथ्लेटिको मड्रिड यो सिजन पनि राम्रो लयमा छ र ला लिगामा बार्सिलोनासँग समान अंक बनाएर गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । तर, साइमनको क्लबसँगको सम्झौता बाँकी नै छ र उनलाई भित्र्याउने हो भने चेल्सीले केही समय पर्खिनुपर्ने हुन्छ ।
कार्लो एन्सेलोटी
इटालियन प्रशिक्षक ५६ वर्षका एन्सेलोटी अहिले बेरोजगार छन् । र, उनी चेल्सीका प्रिमियर लिग लिग जिताएका प्रशिक्षक समेत हुन् ।
धेरै देशको लिग जित्ने सफल प्रशिक्षक मध्येका एक एन्सेलोटी रियल मड्रिडबाट बर्खास्त भएपछि खाली छन् । यद्यपि उनी फेरि रियल नै फर्कन इच्छुक छन् । उनले रियललाई १० औं च्याम्पियन्स लिग जिताएका थिए ।
यदि पेप ग्वार्डिओलाले बार्यन म्युनिख छाडे एन्सेलोटी जर्मन जान सक्ने बताइएको छ ।
गुस हिडिंक, हुआन्डो रामोस, ब्रान्डन रोजर्सलाई पनि चेल्सीका म्यानेजरको दावेदारका रुपमा हेरिएको छ । केहीले भने चेल्सीका लेजेन्ड क्याप्टेन जोन टोरीलाई नै प्रशिक्षक बनाउन सक्ने आंकलन समेत गरिएको छ ।
No comments:
Post a Comment