७ पुस, काठमाडौं । न्यूजिल्याण्डका कप्तान ब्रेन्डन म्याकलमले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
३४ वर्षका ब्याट्सम्यान म्याकलमले आगामी फेब्रुअरीमा अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिजमा १०१ औं टेष्ट खेल्नेछन् । र, यो नै उनको अन्तिम टेष्ट समेत हुनेछ ।
म्याकलम न्यूजिल्याण्डका सेकेण्ड अलटाइम टप रन स्कोरर हुन् । उनले ९९ खेलमा ६२७३ रन बनाएका छन् ।
भारतमा मार्च ८ बाट हुने टी–२० विश्वकपमा न्यूजिल्याण्डको कप्तानी केन विलियम्सनले गर्नेछन् ।
म्याकलमले २००४ मा दक्षिण अफ्रिकाविरुद्ध डेब्यू गरेका थिए । २०१४ फेब्रुअरीमा भारतविरुद्ध ३०२ रन बनाउँदै तेहेरो शतक बनाउने पहिलो न्यूजिल्याण्डका क्रिकेटर बने ।
उनकै कप्तानमा न्यूजिल्याण्डले पहिलो पटक एकदिवसीय विश्वकपमा फाइनलसम्मको यात्रा तय गरेको थियो । फाइनलमा भो अष्ट्रेलियासँग पराजित भयो ।
No comments:
Post a Comment