Sunday, December 20, 2015

एसएलसी दिने छात्र अस्पतालको शैय्यामा, खर्च नपुगेपछि सहयोगको अपील


६ पुस, काठमाडौं । यही चैत १८ गतेदेखि सुरु हुने प्रवेशिका परिक्षा (एसएलसी)को तयारीमा रहेका अमृत बुढाथोकी मुटुमा देखिएको गम्भीर समस्याका कारण महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनको मनमोहन कार्डियोभास्कुलर थेरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भैरहेको छ ।
निकै दयनीय आर्थिक अवस्थाका अमृतले यसअघि बिहान-बेलुका ज्यालादारी गर्दै अध्ययनलाई अघि बढाएका थिए । बाबुआमालाई समेत पाल्नुपर्ने जिम्मेवारीमा रहेका अमृत हाल मुटुको शल्यक्रियाका लागि सहयोग गर्ने दाता नपाएर समस्यामा परेका छन् ।
अस्पतालले उनको उपचारका लागि ६ लाख रुपैयाँभन्दा बढी रकम आवश्यक पर्ने जनाएको पारिवारिक स्रोतले जनाएको छ । अमृतका अभिभावकले निःशुल्क वा कम शुल्कमा उपचार गराइदिने व्यवस्था मिलाइदिन सम्वन्धित सबैमा याचना गरेका छन् । सहयोग गर्न चाहनेले अस्पतालको दोस्रो तल्लामा गएर विरामीका आफन्तलाई भेट्न सक्नेछन् ।

No comments:

Post a Comment