Tuesday, December 22, 2015

कमल थापाको चीन भ्रमणलाई भारतीय नाकाबन्दीसँग नजोड्न आग्रह परराष्ट्रमन्त्रीसँगै कानूनमन्त्री पनि चीन जाने



Kamal-Thapa
 उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा र कानूनमन्त्री अग्नि खरेलको टोली बुधबार चीन भ्रमणमा जाँदैछ । परराष्ट्र मन्त्रालयले यो भ्रमणलाई भारतीय नाकाबन्दीसँग जोडेर नहेरिदिन आग्रह गरेको छ ।
उपप्रधानमन्त्री थापाको भ्रमणका विषयमा परराष्ट्र स्रोतले भन्यो, ‘यो भ्रमणलाई भारतले गरेको नाकाबन्दी र इन्धन संकटसँग मात्रै जोडेर हेरिदिन भएन, दुई देशवीचको सम्बन्ध सम्वृद्ध बनाउनका लागि गरिन लागेको यो एउटा औपचारिक भ्रमण हो ।’
यद्यपि भ्रमणका बेला चीनबाट इन्धन ल्याउने सम्भावनाका विषयमा पनि छलफल हुने पररारष्ट्र स्रोतको भनाइ छ ।
मन्त्रीद्वयको टोलीमा परराष्ट्र सचिव र वाणिज्य सचिवसमेत सहभागी हुनेछन् । कानून मन्त्रालयका अधिकारीहरु पनि मन्त्रीको टोलीमा सहभागी हुनेछन् । टोली बुधबार एक बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ ।
केपी शर्मा ओलीको नेतृत्वका नयाँ सरकार गठन भएपछि नेपाली अधिकारीहरुको उच्चस्तरीय टोली पहिलोपटक चीन भ्रमणमा जान लागेको हो ।
चीन भ्रमणका क्रममा टोलीले नेपालमा भइरहेको इन्धन संकट लगायतका विषयमा चीन सरकारसँग छलफल गर्नुका साथै द्वीपक्षीय हित एवं व्यापार र सहयोग आदान-प्रदानका विषयमा छलफल गर्ने परराष्ट्र स्रोतले बताएको छ ।

No comments:

Post a Comment