Monday, December 21, 2015

११ ब्रोकरलाई धितोपत्र बोर्डले प्रष्टीकरण सोध्यो


७ पुस, काठमाडौं । समयमा प्रतिवेदन नबुझाउने ११ वटा धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर)लाई नियामक धितोपत्र बोर्डले प्रष्टीकरण सोधेको छ ।
dhitopatra-boardचालू आर्थिक वर्षको प्रथम त्रैमासिक अर्थात् असोज मसान्तसम्म रिपोर्ट पेस नगर्नुको कारण खुलाउन बोर्डले ब्रोकरहरुलाई प्रष्टीकरण सोधेको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए ।
प्रष्टीकरण सोधिएका दलाल व्यवसायीहरुमा श्वेता सेक्युरेटिज, कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरेटिज, सगरमाथा सेक्युरेटिज, प्राइमो सेक्युरेटिज, स्टक ब्रोकर ओकल सेक्युरेटिज ट्रेडिङ र सिप्ला सेक्युरेटिज छन् ।
त्यसैगरी अरुण सेक्युरेटिज, श्रीकृष्ण सेक्युरेटिज, र दिपशीखा धितोपत्र कारोबार कम्पनीलाई पनि प्रष्टीकरण सोधिएको छ ।
बोर्डले धितोपत्र दलाल व्यवसायी नियमावली ०६४ को अधिकार प्रयोग गरी प्रष्टीकरण सोधिएको जनाएको छ । नियमावलीको नियम ३५ को उपनियम २ मा धितोपत्र दालाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले त्रैमासिक अवधि सकिएको ३० दिनभित्र तोकिएको ढाँचामा बोर्डमा पेश गर्नुपर्ने उल्लेख छ ।

No comments:

Post a Comment