Sunday, December 20, 2015

सप्तरीमा छुट्टाछुट्टै घटनामा २ को मृत्यु



६ पुस, सप्तरी । दुई दिन अगाडि सप्तरीको मलेकपुरबाट हराएकी एक महिलाको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । मृत्यु हुनेमा जिल्लाको मलेकपुर गाविस–१ निवासी ७५ वर्षीया देवकी सदा रहेको प्रहरीले जनाएको छ ।
Saptariशव परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।
यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहा सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । कुशाहा–६ निवासी ५५ वर्षीय साइकल यात्री पुल्कित चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चौधरीलाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स५प ३४९० नं को मोटरसाइकलले ठक्कर दिएको थियो । रासस

No comments:

Post a Comment