मुम्बई । कुनै पनि फिल्म चलोस् वा नचलोस् । साना तिना विवाद आइ नै रहन्छ बलिउडमा । सानो विषयमा पनि ठूलो भिड जम्मा गर्न सफल छ बलिउड ।
गएको वर्ष पनि त्यस्तै भयो नायिकाले दिएको बोल्ड सिन र नायकले दिएका अभिब्यक्तिका विषयमा पनि राम्रै गल्फति भयो ।
असहिष्णुता विवादः भारतमा सुरु भएको असहिष्णुताका विषयमा धेरैले टिप्पणी गरे । तर, सबै भन्दा धेरै चर्चा भयो आमिर खानको अभिब्यक्तिको ।
अनुपम खेर सहित केही कलाकारहरु भाजपा सरकारको पक्षमा लाइन लागिरहेको बेला आमरिले भारतमा असहिष्णुता बढेको भन्दै श्रीमतिले विदेशिन सल्लाह दिएको भनेका थिए ।
अन्य नायक शाहरुख खान, ज्याकी श्राफ लगायतले पनि भारतमा असहिष्णुता बढेको टिप्पणी गरेका थिए ।
बजरंगी भाइजानको विवादः कबिर खान निर्देशित चलचित्र ‘बजरंगी भाइजान’ को नामका विषयमा विवाद भएको थियो । केही ब्यक्तिले बजरंगी संगै भाइजान नाम जोडेकोमा आपत्ति जनाएका थिए । केही राजनीतिक दलले फिल्म प्रदर्शनको वेला समेत अवरोध गरेका थिए ।
राधिका नेकेट तस्वीरः विवादमा रमाउने स्थायी नाम हो राधिका आप्टे । सुजाय घोषको निर्देशनमा बनको सर्ट फिल्म ‘अहिल्या’ को कारण फेरि एक पटक विवादमा आइन् । एक ब्यक्तिको अगाडी राधिकाले आफ्नो लुगा खोलेको दृष्य इन्टरनेटमा भाइरल भएको थियो ।
सलमानको हिट एन्ड रनः सन २००२ मा भएको हिट एन्ड रन मामलामा अदालतले सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाएको थियो । तर, केही घन्टापछि नै जमानतमा रिहा भए उनी । बिहान सजाय र बेलुका रिहा भएकोमा उनका एकथरी फ्यान खुसी थिए ।
विराट-अनुश्का सम्बन्धः क्रिकेट वल्डकप २०१५ मा भारत र अष्टे्रलियाविच भएको म्याचमा भारतले हार्यो । यो हार हुनुमा क्रिकेटर विराट भन्दा पनि अनुश्का शर्मा दोषी भएको टिप्पणी गरे केही ब्यक्तिले । अनुश्का म्याच हेर्नका लागि अष्टे्रलिया गएकी थिईन् । भारतले हारेपछि सामाजिक सञ्जालमा अनुश्काकै कारण हार बेहोर्नु परेको टिप्पणी गरे धेरैले ।
सलमानको ट्वीटर विवादः मुम्बईमा भएको सीलसीलेवर बम ब्लाष्टका आरोपी याकूब मेमनलाई फाँसी दिने विषयमा सलमानले गरेको ट्वीटले धेरैलाई हैरान बनायो । उनले लेखेका थिए ‘याकुबलाई किन फाँसी दिने ? उसको भाई टाइगरलाई फाँसी दिनुपर्छ । मुख्य अभियुक्त टाइगर हो ।’
सलमानले ट्वीट गरे लगत्तै उनको घर अगाडी चर्को विरोध भयो । सलमानका बुबा सलिम खानले सलमानलाई यस विषयमा कम जानकारी भएको भन्दै बचाउ गरे र सलमानले अर्को ट्वीट गरे ।
No comments:
Post a Comment