भैँसीको बथानबाट बच्न रुख चढेको सिंह, बडी फुलाउन जिउमा तेलको सुइ हान्ने बडीविल्डर तथा विश्वको सबैभन्दा ठूलो कुकुर, यी तस्वीरहरु यो वर्ष सन् २०१५ मा कैद गरिए र दुनियामा चर्चित बन्न पनि सफल रहे ।
हेरौँ यो वर्ष सन् २०१५ मा विश्वमा चर्चित बन्न सफल भएका केही विचित्रका तस्वीरहरु
२. अमेरिकाको मिचिगनकी एड्रीयन लेविसको जिब्रो ४ इन्च लामो छ र उनी विश्वमा सबैभन्दा लामो जिब्रो भएकी मानिस हुन्
३. भानुआतुमा ज्वालामुखीबाट निस्केको लाभाको पोखरीमा प्रवेश गर्दै साहसिक पर्वतारोही साम कोसम्यान
४. केन्याको मसाइमारा राष्ट्रिय निकुन्जमा जंगली भैँसीबाट बच्नका लागि रुखमा चढेको सिंह
५. दुबै खुट्टा नभएकी काया सेसर अमेरिकाको क्यालिफोर्नियामा स्केटिंग गर्दै
६. एक भवनको दोश्रो तलाबाट निस्किएको उड्ने गाडि खोल्सो पार गर्दै
७. अमेरिकामा सबैभनदा लामो खुट्टा भएकी लरेन विलियम्स बायाँ, र निकै छिनेको कम्मर भएकी २५ वर्षकी पिक्सी फक्स दायाँ
८. लाओसस्थित थाम खोन जी क्षेत्रको मनमोहक दृश्य
९. शंखेकिराको ढाडमा बसेको रंगीत भ्यागुतो
१०. छुनेबित्तिकै छाला खस्ने रोग इपिडर्मोलाइसिस बुलोसा रोगबाट पीडित क्यानडाका एक बालक
११. अमेरिकाको टेनिसीस्थित एक जिमखानामा भिड्दै दुइ बालबालिका
१२. सरीरका अंगहरु विस्तारै ढुंगा बन्दै गइरहेपछि एउटा हात नै झरेको र खुट्टा समेत नचल्ने भएपछि अपांग बनेकी महिला एस्ले कर्पाइल
१३. दक्षिण अफ्रिकामा व्यस्त सडकमै मृगको सिकार गर्दै एउटा सिंह
१४. अमेरिकाको न्यु ह्याम्पसायरमा रहेको ८० किलो तौलको एक कुकुरसाथ बाबुछोरा
१५. केन्यामा रहेको विश्वकै एकमात्र बाँकी रहेको सेतो भाले गैँडालाई उसको बासस्थानतर्फ लग्दै सैनिकहरु
१६. दुर्लभ वंशाणुजनय रोगका कारण कपाल, दाँत तथा छालासमेत राम्ररी विकशित नभएकी मोडेल मेलेन गेडोस बायाँ, र किम कार्दाशिनसँग मिल्ने अनुहार भएकी थालिया अल्मोडोभार दायाँ
१७. माल्टामा एक पुरुष आफ्नो घरपालुवा कुकुरसँगै पौडीका लागि डाइभ हान्दै
१८. बंगलादेशको एक रंग कारखानामा काम गर्दै ११ वर्षका बालमजदुर
१९. इण्डोनेसियामा पाइने हरियो प्रजातिको भ्यागुतो रुखको हाँगामा पिङ खेल्दै
२०. अमेरिकाको टेक्सासमा कालो बादलसहितको गोधुली दृश्य
२१. लिम्बो रानी भनेर चिनिने शेमिका चाल्र्स कार मुनिबाट उत्तानो निहुरिएर छिर्न सक्छिन्
२२. दक्षिण अफ्रिकाको जोहानेसबर्गमा चट्यांग परेको दृश्य
२३. विश्वकै होँचा बास्केटबल खेलाडि जहमनी स्वान्सन न्युयोर्कमा आफ्ना साथीसँग बास्केटबल खेल्दै
२४. अमेरिकाको हवाइस्थित समुद्रमा १२ मिटर अग्लो छालमा बढारिँदै एक सर्फर
२५. ब्राजिलका होँचा र अग्लाको प्रेमजोडी बायाँ, जिउमा सबैभनदा बढि सुइ खोपेर विश्वरेकर्ड बनाएका भारतले भुपेन चन्द्र दास, दायाँ
२६. ११७ किलोकी इडा मेबरी पोल डान्स गर्दै
२७. भुमध्यसागरीय टापु सिसीलको एटना पहाडमा विस्फोट भैरहेको ज्वालामुखी
२८. दुबै हातखुट्टा नभएकी कोलम्बियाकी जली सांगुइनो मेकअप गर्दै
२९. हात्तीको सुँडमा आक्रमण गर्दै एउटा गोही
३०. भारतको लुधियानाका जसपि्रत सिंहले आफ्ना हातलाई पछाडिबाट फर्काएर कम्मरमा ल्याएर बेर्न सक्छन् । डेलीमेलबाट
No comments:
Post a Comment