Tuesday, December 22, 2015

दबावको भरमा सीमांकन फेरिँदैनः गृहमन्त्री



Sakti-Basnet
आरपी सुवेदी
७ पुस, नेपालगञ्ज । गृहमन्त्री शक्तिबहादुर बस्नेतले कसैको दबावको भरमा सरकारले प्रदेशहरुको सीमांकन परिवर्तन नगर्ने बताएका छन् ।
मंगलबारदेखि नेपालगञ्जमा शुरु भएको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीका उद्घाटन गर्दै गृहमन्त्री बस्नेतले भने-‘कसैले दवाव दिदैमा सीमांकन परिवर्तन गरिँदैन, सबैलाई मान्य हुने उच्चस्तरिय संंयन्त्र बनाएर सीमांकनको समस्या समाधान गर्नुपर्छ ।’
जनता-जनताको बिचमा नै सीमाकनको विषयमा अन्तरविरोध रहेको भन्दै उनले कसैको दबाव तथा अडानको आधारमा सीमाङ्कन नचलाइने बताए । उनले भने-‘सबैलाई मान्य हुने गरी उच्चस्तरीय संंयन्त्र बनाएर सीमांकन परिवर्तन गर्न सरकार तयार छ ।’
उनले आन्दोलनको नाममा सडकमा बस्नु भन्दा वार्ता सम्बादको माध्यामबाट समस्याको समाधान खोज्न आग्रह गरे । उनले सडक अवरुद्ध गरिए चुत लागेर नबस्ने चेतावनी समेत दिए ।
मलुक अब नयाँ चरणमा प्रवेश गरेको भन्दै गृहमन्त्री बस्नेतले नयाँ तरिकाले नै सुरक्षा रणनीति बनाउनु पर्ने बताए । उनले मुलुकमा भएका राजनीतिक परिवर्तनलाई आत्मसाथ गर्दै सुरक्षा रणनीति बनाउन सम्बन्धित निकायलाई समेत निर्देशन दिएका दिए ।
गोष्ठीमा नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्याल, शसस्त्र प्रहरीका कार्यबहाक महानिरिक्षक दुर्जकुमार राई तथा राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख दिलीप रेग्मीसहित मध्य र सुदूर पश्चिमका २४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, शसस्त्र प्रहरीका प्रमुखहरुको सहभागिता छ ।
गोष्ठी नयाँ सुरक्षा योजना बुन्दै बुधबार समापन हुने बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद लेखकले जानकारी दिए । अघिल्लो महिनामा नेपालगञ्जमा नै क्षेत्रीय सुरक्षा बैठक आयोजना गरीएको थियो ।

No comments:

Post a Comment