Tuesday, December 22, 2015

चाल्नाखेलमा हराएको पेस्तोल भेटिएन, डीएसपीलाई कारवाही कीर्तिपुर वृत्तमा नयाँ डीएसपी पठाइँदै



Pestol Searching at Chalnakhel
  • हराएको पेस्तोल खोज्दै प्रहरी र स्थानीय । तस्वीर : श्रीधर पौडेल/अनलाइनखबर
८ पुस, काठमाडौं । कीर्तिपुरको चाल्नाखेलस्थित एभरेष्ट ग्यास उद्योगमा भएको झडपमा डीएसपीका साथबाट हराएको पेस्तोल बुधबार बिहानसम्म फेला परेको छैन । पेस्तोलको सुरक्षा गर्न नसकेको भन्दै कीर्तिपुर वृत्तका डीएसपीलाई कारवाहीस्वरुप काठमाडौं प्रहरी परिसरमा तानिएको छ ।
कीर्तिपुर वृत्तका डीएसपी टीका केसीले बोकेको पेस्तोल मंगलबारको झडपमा हराएको थियो । हराएको पेस्तोल मंगलबार दिनभरि खोजी गर्दा पनि प्रहरीले फेला पार्न सकेन ।
बुधबार पनि प्रहरीले पेस्तोल खोजिरहेको छ । प्रहरीले पेस्तोल लगेको आशंकामा मंगलबार ८ जना र बुधबार बिहान थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै घटनास्थलको सीसीटीभी फुटेजका साथै स्थानीयले दिएको सूचनाका आधारमा पेस्तोल खोस्नेहरुको पहिचान भैसकेको प्रहरीले दाबी गरेको छ । उनीहरु छिटै पक्राउ पर्ने काठमाडौं परिसरका प्रहरी उपरीक्षक विश्व पोख्रेलले जानकारी दिए ।
आफ्नो हतियारको सुरक्षा गर्न नसकेको भन्दै कीर्तिपुर वृतका डीएसपी टीका केसीलाई हटाइएको छ । केसीको ठाउँमा बुधबारै अर्का डीएसपीलाई जिम्मेवारी दिइने एसपी पोख्रेलले जानकारी दिए ।
एभरेष्ट ग्यासको डिपोमा ग्यास नपाएका उपभोक्ताले तोडफोड गरेपछि प्रहरीले जोगाउन खोज्दा मंगलबार झडप भएको थियो । स्थानीयवासीले प्रहरीलाई ढुंगा हानेर घाइते बनाउनुका साथै डीएसपी केसीका साथमा कम्मरमा भिरेको पिस्तोल खोसेर लगेका थिए ।
यो पनि पढ्नोस्

No comments:

Post a Comment