६ पुस, गौर । जिल्ला प्रशासन कार्यालय रौतहटले सोमबार विहान साढे १० बजेदेखि पुनः कर्फ्यू लगाएको छ । जिल्ला सदरमुकाम गौरमा १४ वर्षे किशोरको प्रहरीको गोली लागेर मृत्यु भएपछि स्थानीय प्रशासनले आइतबार अपरान्ह ४ बजेदेखि सोमबार विहान ६ बजेसम्म कर्फ्यू लगाएको थियो । सोमबार स्थिति सामान्य भएको भन्दै विहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यू हटाइएको थियो ।
तर, कर्फ्यू हटेलगत्तै प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्ताहरुले चौकीहरुमा आक्रमण गरेका थिए । उनीहरुले ठाउँ ठाउँमा टायर बालेर सडक अबरुद्ध पारेका थिए ।
परिस्थिति असामान्य हुन थालेपछि सोमबार विहान साढे १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि पुनः कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
No comments:
Post a Comment