१ पुस, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले टेलिभिजन प्रसारक डिसहोमको ललितपुर भैंसेपाटीस्थित अर्थ स्टेशनमा पेट्रोलबम प्रहार गरेका छन् ।
बम प्रहारपछि डिस होमको प्रसारण बन्द भएको छ । डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले टेलिभिजन प्रसारण बन्द भएको र वैकल्पिक उपायमार्फत पुनः प्रसारणको तयारी भइरहेको बताए ।
यसैबीच नेकपा माओवादीले घटनाको जिम्मेवारी लिएको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्माले भारतीय टेलिभिजन च्यानलको प्रसारण रोक्न पटकपटक गरिएको आग्रह बेवास्ता गरेकाले चेतावनी स्वरुप आक्रमण गरिएको बताए । डिसहोमले अटेर गरे अझै उच्चस्तरको कारबाही गर्ने चेतावनी विश्वकर्माले दिए ।
भारतले नेपालमा अघोषित नाकाबन्दी गरेसँगै विप्लव माओवादीले हिन्दी च्यानल बन्द गर्न दबाब दिँदै आएको छ ।
No comments:
Post a Comment