इण्डियन सुपर लिग फुटबलको उपाधि अभिषेक बच्चनको क्लब चेन्नइले जितेको छ ।
आइतबार गोवामा भएको फाइनलमा चेन्नइले घरेलु टोलीलाई ३-१ गोल अन्तरले हरायो । पहिलो हाफ गोलरहित बराबरीमा रहेको खेलमा तीन गोल भने अन्तिममा भएको थियो ।
५४ औं मिनेटमा चेन्नइले गोल गरेपछि चार मिनेटपछि नै गोवाले बराबरी गोल फर्कायो ।
खेलको ८७ औं मिनेटमा जोफ्रेले गोल गरेपछि घरेलु समर्थक गोवाले उपाधि जित्नेमा निकै आशावादी थिए । तर, यो खुसी धेरै टिक्न सकेन र चेन्नइले नाकटीय जित हात पारेको छ ।
९० औं मिनेटमा गोवाका काटिमाण्डीले अत्मघाती गोल गरे भने लगतै मेन्डोजाले गोल गर्दै चेन्नईलाई उपाधि जिताए ।
No comments:
Post a Comment