Tuesday, December 22, 2015

आन्दोलन स्थगित गरी मोर्चालाई वार्तामा आउन एमालेको आह्वान



UML Leaders
  • एमाले शीर्ष नेताहरू । फाइल फोटो
 नेकपा एमालेले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आन्दोलन स्थगित गरी वार्तामा आउन आह्वान गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको एमाले स्थायी समिति बैठकले सरकारले अघि सारेको तीनबुँदे सहमतिको प्रस्तावका आधारमा मोर्चालाई आन्दोलन स्थगित गरी वार्तामा आउन आह्वान गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
बैठकमा हालै स्थायी समितिमा चयन हुनभएका पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समिति सदस्यको शपथ गराउनुभएको थियो ।
स्थायी समिति बैठकमा उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाको बुधबारदेखि हुने चीनको औपचारिक भ्रमणलाई राष्ट्रिय हितमा उपयोग गर्ने बारेमा समेत छलफल भएको सचिव भट्टराईले बताए ।
बैठकले चीनसँगको व्यापार अघि बढाउन राष्ट्रिय हितमा सन्धि सम्झौता गर्ने तथा नेपालका उत्तरी नाका खोल्न पहल गर्ने विषयमा समेत छलफल गरेको थियो ।

No comments:

Post a Comment