जतिबेला उत्कृष्ट नव-नायिका विधाका लागि ५ मनोनयनको नाम स्त्रिmनमा घन्कदै थियो, नायिका शिल्पा पोख्रेलमा छटपटी देखियो । शिल्पाले यो बर्ष नेपालमा आयोजना भएका कुनै पनि अवार्ड कार्यक्रममा उत्कृष्ट नव-नायिकाको अवार्ड पाइनन् । जबकी, उनले गतबर्ष लगातार २ चलचित्र आफ्नो काँधमा बोकिनन् मात्र, सफल पनि बनाइन् । यसैले पनि होला शिल्पाका लागि अवार्ड पाउने आश मरिसकेको थियो । तर, सोमबार बेलुकी काठमाण्डौमा आयोजना भएको ‘एलजी डी सिने अवार्ड’मा शिल्पा पोख्रेलको मरेको आश व्यूतियो ।
अवार्ड पाउनु अघि दुबै हात जोडेर उनी भगवान्लाई प्रार्थना गरिरहेकी थिइन् । जब, उद्घोषकले शिल्पालाई उत्कृष्ट नव-नायिका भएको घोषणा गरे, उनी भावूक बनिन् । स्टेजमा पुगेर अवार्ड थापेपछि शिल्पाको आँखाबाट आँशु झर्यो । उनले माइकमा भनिन्-‘डी सिने अवार्डले मलाई व्यूताएको छ । मन त मेरो मरिसकेको थियो । तर, आफ्नै नशा छाम्दा कता कता होसमै छु जस्तो लागेको थियो ।’

शिल्पाले यती भन्दै गर्दा उनको गहभरि आँशु छचल्कियो । उनले निर्माता छविराज ओझालाई ‘छवि बा’ भन्दै धन्यवाद दिइन् । चलचित्र ‘लज्जा’का निर्देशक नवल नेपाल र नायक आर्यन सिग्देललाई पनि उनले धन्यावद दिइन् । शिल्पालाई अवार्ड नदिएर यस अगाडि आयोजना भएका विभिन्न अवार्डका आयोजकले अन्याय गरेको भन्दै आलोचना पनि भएको थियो । सायद, अब शिल्पाको मरेको आश बाँच्यो होला । उनीबाट दर्शकले अझ उत्कृष्ट कामको आशा गर्न सक्छन् ।

No comments:
Post a Comment