Monday, December 21, 2015

कांग्रेस र मधेसी मोर्चाको वार्ता सकियो, नेताहरुले भने-सकारात्मक छ



Congress-Madhesi-morcha-Barta७ पुस, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस र मधेसी मोर्चाबीच छलफल भएको छ । वार्ता कुनै टुंगोमा नपुगेपनि सकारात्मक रहेको नेताहरुले बताएका छन् ।
कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा भएको छलफलमा महन्थ ठाकुरसहित मोर्चाका नेताहरु सहभागी थिए ।
वार्तापछि सद्भावना पार्टीका संसदीय दलका नेता लक्ष्मणलाल कर्णले भने, ‘कुनै टुंगोमा पुगेको छैन । वार्ता जारी छ र सकारात्मक छ ।’
उनले सरकारले अघि सारेको तीनबुँदे प्रस्तावबारे मधेसी मोर्चामा छलफल हुने र जवाफ दिने बताए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले मोर्चाका राखेका मागहरुप्रति आफूहरु सकारात्मक रहेको बताए । उनने नागरिकताबारे पनि कांग्रेस लचिलो रहेको र सीमांकनबारे अन्य दलहरुसँग छलफल गरेर सहमतिमा पुग्ने बताए ।

No comments:

Post a Comment