मस्तिष्क ज्वरो नियन्त्रणमा नयाँ कार्यक्रम र रणनीति आवश्यक
मंसिर २४, २०७२- विशेषज्ञहरूले हालै पत्ता लागेको चान्दिपुरा भाइरसको प्रकोपका कारण उत्पन्न मस्तिष्क ज्वरो (एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम) ले मुलुकमा हालसम्म सय जनाभन्दा बढीको मृत्यु भइसकेको अनुमान गरेका छन्। भुसुना र डेंगु फैलाउने लामखुट्टेले सर्ने यो संक्रमणविरुद्घ सीमावर्ती लगायतका क्षेत्रमा थप नयाँ रणनीति र कार्यक्रमको आवश्यकतासमेत उनीहरूले औंल्याएका छन्।
हालसम्म मस्तिष्क ज्वरोका लागि जापानी इन्सेफ्लाइटिस, फाल्सिफारम औलो र स्क्रब टाइफसमात्र जिम्मेवार मानिँदै आएकोमा अब चान्दिपुरा भाइरससमेत थपिएको हो।
मोरङ, सुनसरी र सप्तरीका मस्तिष्क ज्वरोका ७ देखि ४४ वर्षसम्मका बिरामीबाट लिइएको नमुनामा पहिलोपटक चान्दिपुरा भाइरस देखिएको हो। पहिलो चरण अन्तर्गत बैंकक र दोस्रो चरणको परीक्षणमा भारतको पुनेस्थित नेसनल इन्सिटच्युट अफ भाइरोलजीमा परीक्षण गरी उक्त भाइरस रहेको पुष्टि गरिएको हो।
स १९८० देखि सन् २०१२ सम्म करिब ४० हजार नेपालीमा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको उल्लेख गर्दै इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने, ‘यसमध्ये ३४ प्रतिशत बिरामीको मात्र रोग हुने कारण पहिचान गरियो, ६६ प्रतिशतमा कारण पहिचान गर्न सकिएन।’
मस्तिष्क ज्वरोले हाल १० प्रतिशतको मात्र मृत्यु भए पनि यो संख्या करिब चार हजार हुने डा. मरासिनीले बताए। उनले भने, ‘चान्दिपुराले गर्दा भएको मस्तिष्क ज्वरोले न्यूनतम एक सय जनाको मृत्यु भइसकेको आँकलन गर्न सकिन्छ।’
भारतमा गरिएका विभिन्न अध्ययनलाई औंल्याउँदै डा. मरासिनीले भने, ‘चान्दिपुरा भाइरसले गर्दा भएको मस्तिष्क ज्वरोमा मृत्यु दर अत्यन्त उच्च अर्थात् ५० प्रतिशतसम्म देखिएको छ।’ महाशाखाका अनुसार मुलुकमा यो वर्ष एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोमको ५ सय १२ केस देखिएको छ। यी केसमा चान्दिपुरा भाइरसको उपस्थितिबारे छिट्टै थप विश्लेषण गरिने महाशाखाले जनाएको छ।

भारतको विहार राज्यमा चान्दिपुरा भाइरस व्यापक रूपमा देखिएको जनाउँदै डा. मरासिनीले सीमावर्ती क्षेत्रमा मस्तिष्क ज्वरो नियन्त्रणमा हालसम्म अपनाइँदै आएको भन्दा फरक रणनीति र कार्यक्रमको खाँचो रहेको बताए।
‘इन्डियन जर्नल अफ मेडिसिन (आईजेएम)’ मा भाइरोलजिस्ट टी. जैकब जोनले सन् २०१० मा प्रकाशित गरेको समीक्षाअनुसार भाइरस रिसर्च सेन्टर पुनेका वैज्ञानिकहरूले सन् १९६६ मा नागपुरनजिक रहेको उत्तर महाराष्ट्रको चान्दिपुरामा यो भाइरस पत्ता लगाएका थिए।
रिसर्च सेन्टरले पछि विभिन्न अवसरमा ज्वरो लागेको मानिस, जिउभरि काँडा हुने जंगली मुसा, भुसुना (स्यान्ड फ्लाई) र एडिस एजप्टी लामखुट्टेबाट समेत चान्दिपुरा भाइरसलाई पृथक गरेको थियो।
रिसर्च सेन्टरले पछि विभिन्न अवसरमा ज्वरो लागेको मानिस, जिउभरि काँडा हुने जंगली मुसा, भुसुना (स्यान्ड फ्लाई) र एडिस एजप्टी लामखुट्टेबाट समेत चान्दिपुरा भाइरसलाई पृथक गरेको थियो।
आईजेएमका अनुसार चान्दिपुरा एसियाली भाइरस हो। यसले भारत र श्रीलंकामा भुसुना, लामखुट्टे र मानिससहित स्तनधारीलाई संक्रमित गर्छ। अत्यन्त उच्च मृत्युदर भएको मस्तिष्क ज्वरोको महामारी हुने कारण चान्दिपुरा भाइरस हो।
प्रकाशित: मंसिर २४, २०७२
No comments:
Post a Comment