Sunday, December 13, 2015

नाकाबन्दीले भारतको ७९ अर्ब व्यापार प्रभावित

२०७२ मंसिर २७ गते ६:५९ मा प्रकाशित
 157  3 
  0
Biratnagar-Jogbani-Naka
२७ मंसिर, काठमाडौं ।नाकाबन्दीका कारण भारतको ७९ अर्ब व्यापार प्रभावित भएको छ । भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की) का अनुसार अघोषित नाकाबन्दीयता भारतको मासिक ३० अर्ब रुपैयाँबराबरको व्यापार प्रभावित भएको छ । तीन महिनामा मात्रै भारतबाट करिब ७९ अर्ब रुपैयाँको निर्यात ठप्प छ । भारत सरकारले सुरक्षित वातावरण नभएको सूचना दिएपछि व्यापारीले सामान निकासी गरेका छैनन् ।
प्रक्षेपणअनुसार व्यापार हुन नसक्ने
भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की)ले दुई मुलुकबीच यस वर्ष करिब ५ खर्ब २५ अर्ब रुपैयााको दुईपक्षीय व्यापार हुने प्रक्षेपण गरेको छ । कुल व्यापार गत वर्ष १३ दशमलब ५० प्रतिशतले बढेको थियो भने यसवर्ष २६ दशमलब ११ प्रतिशतले बढ्ने अनुमान थियो । तर, अघोषित नाकाबन्दीले व्यापार प्रभावित भएको र सीमावर्ती क्षेत्रका साना र मझौला भारतीय व्यापारी मारमा परेको फिक्कीका पदाधिकारीको भनाइ रहेको नयाँ पत्रिकामा खबर छ ।
नाका अवरोधले दुवै देशलाई नोक्सान
‘नाका अवरोधले भारतका धेरै व्यवसायीलाई ठूलो नोक्सानी भएको छ, यसको विस्तृतमा अध्ययन गर्न बााकी छ,’ फिक्कीको दक्षिण एसिया तथा अरब च्याप्टरका निर्देशक गौतम घोषले भने, ‘व्यवसायीहरूले नेपालमा आन्तरिक सुरक्षा नभएकाले सामान लैजान सकिादैन भनेका छन् । यो अवस्था हल नभएसम्म दुईपक्षीय व्यापार सन्तोषजनक हुने अवस्था छैन । यसबाट नेपाली मात्र होइन, हाम्रा सीमावर्ती व्यापारीको पनि अवस्था नाजुक भएको छ ।’

No comments:

Post a Comment