२७ मंसिर, पर्सा । मधेसी दलको आन्दोलनका कारण मुलुकको मुख्य नाका बीरगन्जको रक्सौल नाका ८० दिनदेखि ठप्प छ । नाकाबन्दीका कारण बीगरन्ज रक्सौल नाकाबाट असोज ७ गतेदेखियता एउटा पनि मालबाहक गाडी भारतबाट नेपाल छिर्न सकेको छैन् ।
मुख्य नाका ठप्प भएपछि पर्सामै रहेको ठोरी नाका भने देशभर नै चर्चामा आएको अन्नपूर्ण पोस्टमा खबर छ । मधेसी दलहरुले वीरगन्ज रक्सौल नाकामा नाकाबन्दी गरेपछि ठोरी नाका वीरगन्जको समानान्तर नाकाका रुपमा स्थापित हुँदै गएको छ ।
‘ठोरी नाकाले अहिले देशभरकै लागि इन्धन आपूर्ति गरिरहेको छ,’ ठोरीका शिक्षक प्रेम लामा भन्छन्, ‘पेट्रोल, डिजेल र ग्यास यही नाका भएर देशभरि गइरहेको छ ।’
No comments:
Post a Comment