२७ मंसिर, जनकपुरधाम । धनुषाको ठेराकचुरीबाट आइतबार बिहान अत्याधुनिक पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको गस्ती टोलीले जनकपुर-धनुषाधाम सडक खण्डको ठेरामा सवारी जाँचको क्रममा ठेरा घर भएका ३१ वर्षीय विजय यादवलाई पक्रेको हो ।
धनुषाधामबाट जनकपुरतिर आउँदै गरेका यादवको साथबाट एक थान अत्याधुनिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
हातहतियार खरिदबिक्री कार्यमा संलग्न हुनसक्ने आशंकामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाइएको छ । पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।
No comments:
Post a Comment