सुशीलको बालहठले भूकम्पपीडितमाथि कांग्रेसको अत्याचार
२८ मंसिर, काठमाडौं । आइतवार अपरान्ह प्रधानमन्त्री कार्यालयमा बसेको सत्तापक्ष, प्रमुख प्रतिपक्ष र मधेसी मोर्चाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले एकै स्वरमा कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई र्याख-र्याख्ती पारे ।
सुशील कोइराला निकटस्थ आनन्द ढुंगाना र चीनकाजी श्रेष्ठलाई लिएर वार्तामा गएका पौडेलले ओली र प्रचण्डको प्रहारलाई हाँसेर उडाए । किनकि पौडेलसँग भूकम्प पीडित जनतासँग प्रत्यक्ष जोडिएको प्राधिकरण गठनसम्बन्धी विधेयक रोक्नुपर्ने उपयुक्त जवाफ थिएन ।
ओलीको हप्काउने बोली
पौडेलले पटक-पटक दोहोर्याएको एउटै वाक्य थियो । त्यो के भने-त्यसो हो भने हाम्रो एजेण्डा चाहिँ के हुने ? धेरैपटक पौडेलले एजेण्डाको प्रश्न उठाएपछि ओलीले जवाफ दिए- कांग्रेसजस्तो पार्टीले एजेण्डा खोजेर भाैंतारिनु पर्दैन । तपाईहरुको एजेण्डा संसदमै छ, कहीँ खोज्न जानुपर्दैन ।
ओलीले मधेसी मोर्चालाई क्रान्तिकारीको संज्ञा दिदै अहिले क्रान्तिकारीसमेत सहमतिमा आउन लागेका बेला कांग्रेसले एजेण्डा खोजेर भाउँतो हाल्नु ठीक नहुने बताए । उनले कांग्रेसले कुखुरे चित्त देखाउन नहुने भन्दै कटाक्ष गरे ।
उनको प्रस्तुती सुनिरहँदा पौडेल हाँसिमात्र रहे भने मोर्चाका नेताहरुले सांकेतिक रुपमा समर्थन जनाए । ओली प्रधानमन्त्रीको रुपमा भन्दा पनि कांग्रेसले हप्काउने शैलीमा प्रस्तुत भएका थिए ।
‘यत्रा क्रान्तिकारीहरु आइसकेका छन्, कांग्रेसले शब्दमा निहुँ खोजेर बस्छ भने भूकम्प पीडित जनतामाथि योभन्दा अत्याचार के हुन सक्छ ?’ ओलीको भनाइ उधृत गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने ।
प्रचण्ड जंगिए
रामचन्द्रजीले पटक-पटक भन्नुभएको कांग्रेसको एजेण्डा के हो ? मधेसी मोर्चाका तर्फबाट प्रश्न आएपछि उनले भने-हाम्रो पालामा दर्ता गएको संविधान संशोधन विधेयक । उनले प्राधिकरण विधेयक र संविधान संशोधन विधेयक एकैपटक पेश गर्नुपर्ने बालहठ प्रदर्शन गरेपछि ओलीको दाहिनेतिर बसेका प्रचण्ड जंगिए ।
प्रधानमन्त्रीको देब्रेतिर बसेका पौडेललाई प्रचण्डले भने- केको एजेण्डा ? संविधान संशोधन विधेयक शुरुमा तपाईहरुले हामीसँग सल्लाह नगरी ल्याउनुभयो । पछि हामी सबै बसेर परिमार्जन गरेका हौं । अब, यो प्रस्ताव तपाईको मात्रै पेवा होइन, हामी सबैको हो ।
मोर्चाको प्रश्न: अग्निको उपाय
सत्तापक्ष र प्रतिपक्षको सवाल जवाफ सुनिरहेका मधेसी मोर्चाका नेताहरुले ‘तपाईहरुको सवाल जवाफ सुनाउन हामीलाई बोलाएको हो ? भन्ने प्रश्न गरेपछि कानुन मन्त्री अग्नि खरेलले बीचको बाटो सुझाए ।
सत्तापक्ष र प्रतिपक्षको सवाल जवाफ सुनिरहेका मधेसी मोर्चाका नेताहरुले ‘तपाईहरुको सवाल जवाफ सुनाउन हामीलाई बोलाएको हो ? भन्ने प्रश्न गरेपछि कानुन मन्त्री अग्नि खरेलले बीचको बाटो सुझाए ।
‘त्यसो भए संसद बैठकमा पहिलो कार्यसूचीमा प्राधिकरण विधेयक राखौं, त्यो पेश भएपछि त्यो बैठक टुंग्याएर दोस्रो बैठकमा संविधान संशोधन विधेयक पेश गरौं । त्यसो गर्दा प्राधिकरण विधेयक अघि बढ्छ, दोस्रो बैठकमा मोर्चाले आफ्नो असहमति राख्छ’ खरेलको मध्यमार्गी उपाय यो थियो । तर, कांग्रेसले त्यो पनि स्वीकार नगरेर भूकम्प पीडित जनताप्रति घोर उपेक्षा गरेको रिमालले बताए ।
मोर्चाका नेताहरुले संविधान संशोधन विधेयक अघि बढाउने हो भने सीमांकन हेरफेर समेत गरेर त्यसमा थप्नुपर्ने बताए । जुन कुरा तत्काल सम्भव थिएन । ‘हामीले अस्वीकार गरिसकेको संविधान संशोधन विधेयकको अत्तो थापेर कांग्रेसले प्राधीकरण बन्न नदिने खेल गरेको देखियो’ मधेसी मोर्चाका नेता महेन्द्र यादवले भने ।
कांग्रेसमै चर्को विरोध
पछिल्लो समय कांग्रेसले प्राधिकरण विधेयक प्रस्तुत हुन नदिएर संविधान संशोधनको जुन बाल हठ देखाएको छ,त्यसले कांग्रेसभित्रै बिभाजन आइरहेको छ । सुशील कोइराला बिरामी परेको भन्दै महाराजगन्जस्थित निवासबाट बाहिरिएका छैनन् ।
भूकम्पपीडितहरुको घर बनाउने तथा अनुदान र ऋणसम्बन्धी कानुन बन्न रोकेको भनेर कांग्रेसको बदनाम भइरहेको सांसद रामहरि खतिवडाले बताए । भूकम्पपीडित जनताले कांग्रेसकै कारण आफूहरुले कष्ठ भोग्नुपरेको गुनासो गर्दा पार्टी नेतृत्वको कारण जवाफ दिन नसकिएको उनले बताए ।
मधेसको आन्दोलन सम्बोधन गर्न भनेर जुन संविधान संशोधन विधेयक पेश गरिएको हो, त्यसमा सीमांकनको कुरा नटुंगिएसम्म मधेसी मोर्चाले सहमत नहुने भनिसकेको छ । संविधान संशोधन विधेयक सँगै अघि बढाए मोर्चाले संसद अवरोध गर्ने भनिसकेको छ ।
सुशीलको बाल हठ: कांग्रेसलाई घातक
नाकाबन्दीसहितको कठोर आन्दोलन गरिरहेको मधेसी मोर्चा समेत पहाड तथा हिमालका भूकम्पपीडित जनताप्रति संवेदनशील भएर प्राधिकरण गठन बिधेयक अघि बढाउन तयार भएका बेला संसदको ठूलो पार्टी कांग्रेस बाधक बनेको सन्देश किन दिइरहेको छ ?
नाकाबन्दीसहितको कठोर आन्दोलन गरिरहेको मधेसी मोर्चा समेत पहाड तथा हिमालका भूकम्पपीडित जनताप्रति संवेदनशील भएर प्राधिकरण गठन बिधेयक अघि बढाउन तयार भएका बेला संसदको ठूलो पार्टी कांग्रेस बाधक बनेको सन्देश किन दिइरहेको छ ?
अहिले पेश हुन लागेको बिधेयक पारित हुँदा पोखरेल कार्यकारी प्रमुख नहुने भएकाले कोइरालाले यसलाई प्रतिष्ठाको विषय बनाएका छन् । शेरवहादुर देउवा पक्ष प्रधानमन्त्री निर्वाचनमा खुइलिएको कोइरालाको बचेखुचेको प्रतिष्ठालाई प्राधिकरण बिधेयक प्रकरणमा सिध्याउन चाहान्छ ।
देउवा पक्षका विमलेन्द्र निधी प्राधिकरण विधेयक पारित गर्न नदिने पक्षमा सक्रिय भएर लागिपरेको कांग्रेस स्रोत बताउँछ । रामचन्द्र पौडेल भने प्राधिकरण बिधेयक अघि बढाउन चाहान्छन् । तर कोइरालाको इच्छा बिपरित जाने आँट उनले गरेका छैनन् ।
संसदमा कांग्रेस सांसदहरु विधेयक अघि बढ्न दिने र नदिने समूहमा विभाजित हुनुको कारण पनि त्यही हो ।
सुशील कोइरालाको बाल हठ र कांग्रेसको अलोकपि्रय अडानका कारण भूकम्प पीडितले अझै कष्ठ उठाउनुपर्ने भएको छ । सम्भवतः सभामुख ओनसरी घर्तीले तीन दलसँगको छलफलपछि प्राधिकरण गठनको विधेयकलाई अघि बढाउने नयाँ मार्ग निकाल्नेछिन् ।
सुशील कोइरालाको बाल हठ र कांग्रेसको अलोकपि्रय अडानका कारण भूकम्प पीडितले अझै कष्ठ उठाउनुपर्ने भएको छ । सम्भवतः सभामुख ओनसरी घर्तीले तीन दलसँगको छलफलपछि प्राधिकरण गठनको विधेयकलाई अघि बढाउने नयाँ मार्ग निकाल्नेछिन् ।
No comments:
Post a Comment