Sunday, December 13, 2015

भारतीय नाकाबन्दीले सपना चकनाचुर : ओली

२०७२ मंसिर २७ गते १४:०७ मा प्रकाशित
 115  8 
  0
KP-Oli-with-Pragya
  • प्राज्ञहरुसँग प्रधानमन्त्री केपी ओली । तस्वीर : रासस
२७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि आफूले साँचेका धेरै सपना भारतीय नाकाबन्दीका कारण चकनाचुर भएको बताएका छन् ।
देशवासीका नाममा सम्बोधन गर्दा एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने र केहि महिनामा काठमाडौ उपत्यकामा विद्युतीय बस संचालनमा ल्याउने लगायतका प्रतिबद्धता ओलीले जनाएका थिए ।
आइतबार बालुवाटारस्थित आफ्नै निवासमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले सामान्य अवस्थामा प्रधानमन्त्रीको कुर्सीमा बसेर देश विकासका लागि धेरै योजना भए पनि भारतीय नाकाबन्दीका कारण ति योजना पूरा गर्न अप्ठेरो परेको बताएका हुन् ।
प्रज्ञा प्रतिष्ठानको प्राज्ञहरुको टोलीले प्रज्ञा भवनको मर्मत सम्भारका लागि ३० करोड रुपैयाँ उपलब्ध गराउन, प्रज्ञा प्रतिष्ठानको बजेटको आकार बढाउन तथा प्राज्ञहरुको उपचारका लागि अक्षय कोष स्थापनार्थ बजेटको व्यवस्था गर्न आग्रह गरेका थिए । ओलीले अझै पनि सरकारमा बसेर सक्दो राम्रो काम गर्ने र जनतालाई त्यसको प्रत्याभूति दिलाउने प्रयास गरिरहेको बताए ।
प्रधानमन्त्री ओलीलाई प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन बुझाएका थिए ।

No comments:

Post a Comment