Sunday, December 13, 2015

म्यानचेष्टर युनाइटेडविरुद्ध बोर्नमाउथको अप्रत्यायिक जित

२०७२ मंसिर २७ गते ८:२८ मा प्रकाशित
 71  4 
  0
Joshua King
२७ मंसिर, काठमाडौं । म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै बोर्नमाउथले इंग्लिस प्रिमियर लिगमा एकै साता दोस्रो अप्रत्यासित जित हात पारेको छ ।
अघिल्लो खेलमा च्याम्पियन चेल्सीलाई हराएको बोर्नमाउथले शनिबार राति भएको खेलमा युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो । हारसँगै युनाइटेडले लिग लिडर म्यानचेष्टर सिटीसाग अंक बराबरी गर्ने मौका गुमाएको छ ।
घरेलु मैदानमा भएको खेलमा बोर्नमाउथले दोस्रो मिनेटमा नै जुनियर स्टानिसलासको गोलबाट अग्रता लिएको थियो । २४ औं मिनेटमा फेलिनीले बराबरी गोल फर्काए ।
खेलको ५४ औं मिनेटमा जोशुआ किङले गोल गर्दै बोर्नमाउथलाई २-१ गोलको अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र बोर्नमाउथले साताको दोस्रो अप्रत्यासित जित हात पारेको छ ।
उसले अघिल्लो खेलमा च्याम्पियन चेल्सीलाई उसकै घरेलु मैदानमा १-० ले हराएको थियो ।
हारपछि म्यानचेष्टर युनाइटेड १६ खेलबाट २९ अंकका साथ चौथो स्थानमा छ भने लिग लिडर सिटीको ३२ अंक छ । बोर्नमाउथ भने १६ अंकका साथ १४ औं स्थानमा उक्लिएको छ ।

No comments:

Post a Comment