Friday, December 11, 2015

मोर्चाले पुनर्निर्माण विधेयक मात्रै अघि बढाउन भनेपछि वार्ता निस्कर्षबिहीन

मंसिर २५, २०७२- सरकार र मधेसी मोर्चाबीच शुक्रबार भएको वार्ता विना निष्कर्ष सकिएको छ । आज दिउँसो सिंहदरबारमा भएको वार्तामा मधेसी मोर्चाले पुनर्निर्माण विधेयक मात्रै बढाउन आग्रह गरेपछि वार्ता विना निष्कर्ष टुंगिएको हो ।

वार्तामा सहभागी तमसपाका वरिष्ठ नेता रामनरेश रायका अनुसार मोर्चाले अहिलेलाई पुनर्निर्माण विधेयक मात्रै अगाडि बढाउन आग्रह गरेको थियो ।

सरकार पक्षलाई मोर्चाले संविधान संशोधनको विषयमा जाने भए प्याकेजमा छलफल गरौं भन्ने आग्रह गरेको थयो । रायले भने, 'उहाँहरुले दुइवटा बुँदालाई सँगै अगाडि बढाउने कुरा राख्नु भयो। त्यसमा हामी असहमत भयौं ।'
रायका अनुसार मधेसमा १ सय १० दिन भन्दा बढी आन्दोलन चलिसकेको र यसलाई समेत सम्बोधन गर्ने गरी संविधान संशोधन हुने भए मान्य हुने अडानमा मोर्चा रहेको जानकारी दिए ।

...
सरकार र मधेसी मोर्चाबीच अहिले सिंहदरबारमा वार्ता भइरहेको छ । शुक्रबार तीन दल र मधेसी मोर्चाबीच वार्ता हुने भनिएपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस वार्तामा उपस्थित भएको छैन ।
...
सरकार, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चाबीच त्रिपक्षीय वार्ता दिउसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने भएको छ । वार्तामा प्रुमख तीन दल र मोर्चाका मुख्य नेताहरु सहभागी हुने तमसपाका बरिष्ठ नेता रामनरेश यादवले बताए ।

चार महिनादेखि आन्दोलनरत मधेसी मोर्चाका नेताहरु भारत भ्रमण सकेर फर्केपछि हिजो भएको त्रिपक्षीय वार्ता आधा घन्टामा सकिएको थियो । हिजोको वार्तामा सरकार पक्षले चार बुँदे सहमतिको रोडम्याप पेश गरेको थियो तर मोर्चाले आफूले अघि सारेको ११ बुँदे मागमाथि छलफल हुनुपर्ने माग गरेको छन् ।

प्रकाशित: मंसिर २५, २०७२


No comments:

Post a Comment