२३ मंसिर, काठमाडौं । नेपाल आयल निगमले भोलि बिहीबार पनि काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा निजी मोटरसाइकल र स्कुटरलाई पेट्रोल वितरण गर्दैछ । आयल निगमले झण्डै ५० वटा पम्पबाट २६ देखि ४० नम्बर लटमा दर्ता भएका मोटरसाइकल र स्कुटरलाई तेल वितरण गर्नेछ ।
बिहान ९ बजेदेखि सबै पम्पहरुमा तेल वितरण सुरु हुनेछ । त्यसका लागि आज बेलुकीसम्म नै तोकिएका पम्पहरुमा तेल ल्याइसकिनेछ ।
उपभोक्ताले तेल भर्न लाइनमा बस्दा पेट्रोल ब्लु-कुल अनिवार्य बोक्नुपर्नेछ ।
आयल निगमले भालिका लाागि तेल वितरण हुने ४४ वटा पम्पहरु तोकेको छ । बिहीबार झण्डै २ लाख लिटर भन्दा बढी पेट्रोल वितरण हुनेछ ।
आयल निगमले मंगलबारदेखि मोटरसाइकल र स्कुटरलाई लटका आधारमा दिन बिराएर पेट्रोल वितरण सुरु गरेको हो । प्रत्येक मोटरसाइकल र स्कुटरले चार लिटरका दरले तेल पाउनेछन् ।
अब २६ गते शनिबार ४१ देखि ५५ र २८ गते सोमबार ५६ देखि माथिका लटका मोटरसाइकल/स्कुटरलाई तेल बिक्री गर्ने तालिका तय भएको छ ।
कारलाई भने मोटरसाइकललाई वितरण गरेपछि छुट्टै तालिका बनाएर तेल बाँड्ने आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।
(बिहीबार निजी मोटरसाइकल र स्कुटरलाई तेल वितरण हुने पम्पहरुको सूची)
No comments:
Post a Comment