Thursday, December 10, 2015

वाइवाइ चाउचाउलाई भारतभर फैलाउने विनोद चौधरीको योजना

२०७२ मंसिर २४ गते १२:०३ मा प्रकाशित
  294  4  1
Binod-Chaudhary
२४ मंसिर, काठमाडाैं । नेपालमा लोकप्रिय वाइवाइ चाउचाउ उत्पादन गर्दै आएको अर्बपति विनाद चौधरीको चौधरी ग्रुपले आफ्नो उत्पादनलाई भारतभर विस्तार गर्ने भएको छ ।
हाल सीमा क्षेत्रको नाकाबन्दी हटेर दुई देशबीचको सम्वन्ध सुधार भएपछि आफ्नो योजनालाई मुर्तरुप दिने उसको तयारी छ । वाइवाइ ब्राण्ड भारतको पूर्व र उत्तरपूर्वमा पहिलेदेखि नै लोकप्रिय छ ।
विगत २० वर्षदेखि विक्री भइरहेको यो चाउचाउले क्षेत्रीय बजारको ६० देखि ७० प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीले अब भारतभरी आफ्नो उत्पादन विस्तार गर्नका लागि भारतका चर्चित एडभर्टाइजिङ एक्जुकिटिभ प्रल्हाद कक्करलाई ब्राण्ड क्याम्पेनका लागि नियुक्त गरेको छ ।
स्थानीय रुचीलाई हेरेर कम्पनीले भारतका विभिन्न क्षेत्र र राज्यमा फरक स्वादका चाउचाउ विक्री गर्ने लक्ष्य कम्पनीले लिएको छ । उत्तरी भारतीय राज्य उत्तराखण्डको रुद्रपुर, पूर्वी राज्य बिहारको पुणिर्या लगायतका स्थानमा नौवटा कारखानाहरु निर्माण गर्ने समेत कम्पनी स्रोतले जनाएको छ ।
‘भारतका विभिन्न क्षेत्र तथा जातीय समुहलाई हेरेर स्थानीय रुचीका आधारमा हामी आफ्नो उत्पादन विस्तार गर्दैछौं’ सिजी गु्रपका अध्यक्ष विनोद चौधरीले निक्केइ एसिया रिभ्यूसितको एक अन्तरवार्तामा भनेका छन् ।
सिजी ग्रुपले सन् १९८४ देखि नेपालमा चाउचाउ उत्पादन गर्न थालेको हो । थाई प्रिजर्भ्ड फुड फ्याक्ट्रीसितको सहकार्यमा उत्पादन सुरु गर्दा एक मिनेटमा १२० प्याकेट उत्पादन गर्ने क्षमता थियो । अहिले यसले प्रत्येक वर्ष २५ हजार टन उत्पादन गर्ने सिजि ग्रुपको वेवसाइटमा उल्लेख छ ।
चौधरीका अनुसार स्वीस फुडको लोकप्रिय म्यागी नुडल्सको बिक्रीमा प्रतिवन्ध लगाइएपछि चाउचाउको बजार प्रभावित बनेको चौधरी बताउछन् । लिडको मात्रा अत्यधिक देखिएको भनेर भारतले लगाएको प्रतिवन्ध गर्दा नोभेम्बरमा भारतले फुकुवा भइसकेको छ ।
सिजी ग्रुपले आगामी तीन वर्षसम्ममा भारतीय बजारको ३० प्रतिशत हिस्सा ओगट्ने लक्ष्य लिएको छ । अहिले पनि भारतको २० प्रतिशत बजार हिस्सा कम्पनीले ओगटेको दावी सिजिले गरिरहेको छ ।
यद्यपि चौधरीले पश्चिम भारतमा ५ प्रतिशत मात्र उपस्थिति रहेको बताएका छन् । ‘बिक्रीको हिसाबले हामी अहिले प्रत्येक वर्ष ४० प्रतिशतको अनुपातमा वृद्धि भइरहेका छौं आगामी तीनदेखि चार वर्षमा यो दोब्बर हुने लक्ष्य लिएका छौं’ चौधरीले भने, ‘कुनै गम्भीर मार्केटिङ बिना नै हामी दोस्रो स्थानमा छौं ।’

No comments:

Post a Comment