Wednesday, December 9, 2015

२२ मंसिर, काठमाडाैं । नेपालले साउदी अरेबियाको सरकारसँग एक करोड लिटर तेल अनुदानमा उपलब्ध गराउन आग्रह गरेको छ । Petrolभारतको नाकाबन्दी कायमै रहिरहँदा इन्धन संकट टार्नका लागि भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउदी अरेबियसँग तेल उपलब्ध गराउन आग्रह गरेको हो । यसअघि चीनसँग अनुदानको पेट्रोल ल्याएको सरकारले साउदी अरेबियालाई पनि तेल सहयोग गर्न आग्रह गर्दै औपचारिक पत्र लेखेको वाणिज्य मन्त्रालयका सह-सचिव शिवप्रसाद त्रिपाठीले बताए । परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा १० हजार किलोलिटर पेट्रोल तथा डिजेल उपलब्ध गराउन अनुरोध गरिएको छ । ‘चीनको अनुदानको पेट्रोलले केही राहत दिएको थियो । त्यसैगरी साउदी अरेबियाले पनि सहयोग गर्न सक्ने भएकाले पत्र काटेका हौं ।’ सहसचिव त्रिपाठीले भने-‘१० हजार किलोलिटर तेल उपलब्ध भयो भने अहिले पनि हामीले ठूलो राहत महशुस गर्न सक्ने अवस्था छ ।’ मन्त्रालयले साउदी सरकारलाई काठमाडौंसम्म तेल ल्याउने व्यवस्था गर्न पनि आग्रह गरेको छ । ‘एयरकार्गो मार्फत तेल आउन सक्छ । त्यसैले हामीले सोमबार मात्रै परराष्ट्र मार्फत पत्र काटेका छौं ।’ मन्त्रालयका अर्का एक उच्च अधिकारीका अनुसार काठमाडौंस्थित साउदी अरेबियाका राजदुतले तेल दिन सक्ने बताएपछि पत्र काटिएको हो । ‘काठमाडौंमा रहेका राजदुतले साउदीले एयर कार्गोमार्फत अनुदानमा तेल दिन सक्ने बताएपछि नै पत्र काटिएको हो । साउदीमा रहेको नेपाली राजदुताबासले पनि समन्वय गरेको छ । साउदी सरकारले काठमाडौंसम्म ल्याएर तेल दिनेमा मन्त्रालय विश्वस्त छ ।’ ति अधिकारीले भने । थप अनुदानबारे चीन मौन इन्धन आपूर्ति असहज भएपछि आपत्कालीन रुपमा भन्दै चीनले एक हजार मेटि्रकटन अर्थात् १३ लाख लिटर पेट्रोल नेपाललाई अनुदानका रुपमा दिइसकेको छ । नेपालले फेरि चीनसँग पाँच हजार मेट्रिकटन खाना पकाउने ग्यास उपलब्ध गराउन आग्रह गरिसकेको छ । यस्तै २० लाख लिटर पेट्रोल र २० लाख लिटर डिजेल अनुदानका रूपमा उपलब्ध गराइदिन आग्रह गरिएको सहसचिव त्रिपाठीले जानकारी दिए । चीनले यसबारे केही प्रतिक्रिया नदिएको उनले बताए ।

Nepali Tanker Rasuwagadi (5)
२३ मंसिर, रसुवा । नेपाल–चीनबीचको व्यापार व्यवसाय गर्ने उत्तरी रसुवागढी नाका क्षेत्रमा सुख्खा बन्दरगाह बनाउन प्रक्रिया अगाडि बढेको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको सुख्खा बन्दरगाहको नियमनकारी प्रमुख संस्था नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रबन्धक हेमेन्द्र मोहन शाहीका अनुसार रसुवागढी नाकाको लागि चीन सरकारले सुख्खा बन्दरगाहा बनाई दिने सम्झौता भइसकेको कारण टिमुरे गाविसमा जमिनको रेखाङ्कन गर्ने काम सम्पन्न भएको छ ।
टिमुरे गाविसको घट्टेखोलाको तल्लो डिलदेखि तातोपानी नजिकसम्म सडकबाट नदीतर्फको पूरै भाग, भोटेकोशी नदी किनारको करिब दुई किलोमिटर तटीय क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण हुने र अधिग्रहण गरिने निजी जग्गाका धनीलाई क्षेत्रको जानकारीसमेत गराइसकिएको बताइएको छ ।
सुख्खा बन्दरगाहाले लाङ्टाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय वासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनीको क्षेत्रफल ओगट्ने बताउँदै प्रबन्धक शाहीले सो बन्दरगाहामा तीन सय मालमाहक कन्टेनर व्यवस्थित ढङ्गले पार्किङ गर्न मिल्ने जानकारी दिए ।
स्थानीय वासिन्दाको स्वामित्वका जग्गा जमिन, जग्गा प्राप्ति ऐनबमोजिम र लाङ्टाङ राष्ट्रिय निकुञ्ज तथा विभिन्न सरकारी स्वामित्वका जग्गाका लागि निणयार्थ सरकार समक्ष अनुरोध गरिने निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी थापाले बताए ।

No comments:

Post a Comment