मंसिर २५, २०७२- लिभरपुलले बिहीबार समूह विजेताका रूपमा युरोपा लिगको नकआउट चरण प्रवेश गरेको छ । उसले स्विट्रज्यान्डमा भएको खेलमा सिओनसँग गोलरहित बराबरी खेल्यो । योर्गन क्लोपको टिम यसअघि नै नकआउट चरण पुग्ने तय भइसकेको थियो ।
यस्तै फेनाबाचेले इस्टानबुलमा सेल्टिकसँग १-१ को बराबरी खेल्यो र अन्तिम १६ को समूहमा प्रवेश गर्यो । एजाक्सलाई गोलरहित बराबरीमा रोकेका नर्वेका मोल्डे पनि आफ्नो समूहको शीर्ष स्थानमा रह्यो । मार्सेले भने समूह ‘एफ’ बाट नकआरण चरण यात्रा निश्चित पार्यो । उसले स्लोभा लिबेरेचलाई ४-२ ले हरायो ।
प्रकाशित: मंसिर २५, २०७२
No comments:
Post a Comment