Friday, December 11, 2015

स्काभेटरमा आगजनी

मंसिर २५, २०७२- पाल्पाको मस्यामस्थित डोलोमाइट चुनढुङ्गा खानीमा प्रयोग भएको स्काभेटरमा शुक्रबार बिहान आगजनी भएको छ ।
मस्याम-४ पाताल गाउँमा सञ्चालित डोलोमाइट चुनढुङ्गा खानीमा प्रयोग भएको लु. १ क. १२०६ नम्बरको स्काभेटरमा आगजनी भएको प्रहरीले जनाएको छ । अज्ञात समूहले गरेको आगजनीबाट हुण्डाई कम्पनीको २२० एलसी मोडलको स्काभेटर पूर्ण रुपमा नष्ट भएको छ ।
स्काभेटरको बजार मूल्य करोड रहेको छ । जिल्ला जनपरिषद् पाल्पाको नाममा पर्चा र हसिया हथौडा अङ्कित व्यानर राखेरे चुनढुङ्गा बन्द भएको घोषणा समेत गरेको छ । राष्ट्रिय वन अतिक्रमण गरेको, दक्ष प्राविधिक बिनै चुनढुङ्गा निकासी गरेको, पाताल बस्ती जोखिममा पारेको आरोप लगाइएको छ ।
राजश्व छली गरेको, रोयल्टी नबुझाएको र सिद्धार्थ राजमार्ग जोखिमा पारेको उल्लेख गरिएको प्रहरी नायव उपरीक्षक सुमनकुमार तिमिल्सिनाले बताउनुभयो । स्काभेटर जलाउने कार्यमा संलग्न व्यक्ति वा समूहको खोजी भईरहेको तिमिल्सेनाले बताए । खानीमा रहेको ट्रक, ट्याक्टर, पुराना स्काभेटर छाडेर नयाँ स्काभेटरमा आगजनी गरेका छन् । डोलोमाइट चुन ढुंगा प्रालिका सञ्चालक सन्तोष श्रेष्ठले अहिलेसम्म आफुले केही जानकारी नपाएको बताए । 'मलाई अहिलेसम्म कसैले केही भनेको थिएन,' उनले भने, 'अचानक यस्तो घटना घट्यो ।' खानीमा बिहानै ४ बजे काम सुरु हुन्छ । काम गर्न जादा आगोलागेको देखिएको थियो । कामदार भने खानी देखि एक किलोमिटर टाढा बसोवास गर्छन् ।

प्रकाशित: मंसिर २५, २०७२


No comments:

Post a Comment