मंसिर २५, २०७२- चुरे भावर प्रदेश माग गर्दै चुरे भावर राष्ट्रिय एकता पार्टीले शुक्रबार अपरान्ह पूर्व-पश्चिम राजमार्गको हरिवनमा प्रदर्शन गरेको छ ।
पूर्व सहमति अनुसार चुरे भावर प्रदेश कायम गर, राष्ट्रिय अखण्डता र सार्वभौमसत्तालाई अक्षुग्ण राख, भारतीय नाकाबन्दी फिर्ता गर लगायतका नारा लगाउँदै पूर्व-पश्चिम राजमार्गको हरिवनमा पार्टीले प्रदर्शन गरेको हो ।
प्रदर्शनमा पार्टीका अध्यक्ष बद्री न्यौपानेपनि सहभागी थिए । न्यौपानेले पूर्व सहमती कार्यान्वयन गराउन दवाबका लागि प्रदर्शन गरिएको बताए । ‘सहमति भइसकेको माग पुरा गराउन शान्तिपूर्ण आन्दोलनमा छौं,’ उनले भने, ‘माग पुरा नभए सम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’
प्रकाशित: मंसिर २५, २०७२
No comments:
Post a Comment