Friday, December 11, 2015

अवैद्य काठ सहित एक पक्राउ

मंसिर २५, २०७२- प्रहरीले अवैद्य काठ सहित एक व्यक्तिलाई बर्दिया सानोश्री ताराताल-२ बाट पक्राउ गरेको छ ।
सोही ठाउँका राम बहादुर खत्रीको घर संग जोडिएको करेसावारीबाट ८७ दशमलव २ क्युफिट सालको काठ बरामद गरेको प्रहरीले जनाएको छ । सदरमुकाम गुलरियाबाट प्रहरी उपरिक्षक गोविन्दराम परियारको टोलीले चिरान काठ सहित खत्रीलाई पक्राउ गरि कारवाहीका लागि वन कार्यालय बुझाएको छ । बरामद गरिएको काठको मुल्य १ लाख ७४ हजार रुपैया रहेको प्रहरीले जनाएको छ । छ महिना यता प्रहरीले करिब २ हजार क्युफिट अवैद्य काठ बरामद गरेको छ । खत्रीले काठ कहाबाट ल्याएका हुन वनले छानविन शुरु गरेको छ ।

प्रकाशित: मंसिर २५, २०७२


No comments:

Post a Comment