मंसिर २१, २०७२- अनियमित तरिकाले चिकित्सक र नर्स नियुक्ति गर्न लागेको भन्दै बृहत् मधेसी युवा मोर्चाका कार्यकर्ताले सोमबार बिहान बीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा तोडफोड गरेका छन् ।
१०/१२ जनाको समूहमा आएका युवाले अस्पताल विकास समितिका अध्यक्ष प्रा.डा.रामदेव तिवारीको कार्यकक्षमा तोडफोड गरेका छन् ।
अस्पतालले ५ चिकित्सक र ८ स्टाफ नर्स नियुक्तिको प्रक्रिया सुरु गरेको थियो । नियुक्तिको नतिजा भोलि प्रकाशित हुने कार्यक्रम थियो ।
कार्यकक्षमै रहेका तिवारीलाई मधेस बन्द रहेको बेला किन भर्ना गरेको भन्दै टेबुल माथिको सिसा फुटाए । टेलिफोन र नेमप्लेट पनि तोडफोड गरे । ३ जनालाई प्रहरीले पक्रेको छ ।
निशान्त मिश्र, इश्वर यादव र अनिल गुप्ता नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: मंसिर २१, २०७२
No comments:
Post a Comment