Thursday, December 10, 2015

जब सेनाको पम्पले आयल निगम र सिडिओको आदेश मानेन…

२०७२ मंसिर २४ गते १४:२३ मा प्रकाशित
 0  1 
  0
shakti devi petrol  (2)
रविन्द्र घिमिरे
२४ मंसिर, काठमाडौं । ललितपुरको लगनखेलस्थित नेपाली सेनाद्वारा संचालित शक्तिदेवी पेट्रोलपम्पमा तेल हाल्ने गरी २६ देखि ४० लटका झण्डै ५ सय भन्दा बढी मोटराइकल र स्कुटर लाइनमा छन् ।
आयल निगमको सार्वजनिक सूचना अनुसार बुधबार बिहानैदेखि पम्पमा निजी मोटरसाइकल र स्कुटरको लाइन लाग्यो । प्रहरीले नै मोटरसाइकलको लाइन व्यवस्थापनमा सहयोग गर्‍यो ।
यो सब ४ लिटर तेलका लागि थियो । तर, बिहानको १० बज्दापनि पेट्रोल वितरण सुरु भएन् , जबकी निगमले विहान ९ बजेदेखि तेल बाँड्ने भनको थियो ।
मध्याहृनसम्म पनि तेल दिने कुनै सुरसार नदेखेपछि लाइनमा बसेका सर्वसाधारणहरु ‘किन तेल बाँड्न ढिला गरेको’ भनेर सोध्न पुगे । पम्पमा खटिएका सेना र सरकारी अधिकारीले जवाफ दिए-‘आज निजी मोटरसाइकललाई तेल बाँडिदैन् ।’
यस्तो जवाफ पाएपछि उनीहरु आक्रोशित भए । कतिपयले गोरखापत्रसहित विभिन्न सञ्चारमाध्यममा आयल निगमले सार्वजनिक गरेको सूचना देखाएर सेना-प्रहरीसँग सवाल-जवाफ गरे ।
shakti devi petrol  (5)
तर, पम्पका अधिकारीहरु तेल बाँड्न तयार भएनन् । कुनै हालतमा तेल नदिने भनेपछि सर्वसाधरण ललितपूरका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइराला कहाँ पुगे र सूचनाअनुसार तेल वितरण गर्न माग गरे ।
कोइरालाले जसरी पनि मोटराइकलललाई तेल दिने र आफूले आवश्यक निर्देशन दिएको भन्दै सर्वसाधरणलाई फर्काए ।
तर, घण्टौं कुर्दा पनि तेल पाएका छैनन् । ‘हिजोको सूचनामा गल्ति भएछ भन्छन् । हामी सरकारी पत्रिकाको सूचना हेरेरै आएका हौं’ एक उपभोक्ताले भने-‘सिडिओले पनि तेल दिन्छु, जानुस् भने । अहिले हामीलाई पम्पमा खटिएका सेना सिडओ नै चिन्दैनौं भन्छन् । निगमको लापरवाही र सुरक्षाकर्मीको दादागिरीले दुःख पायौं ।’
पूर्वसूचना अनुसार पेट्रोलपम्पले पेट्रोल नबाँडेको विरोधमा उपभोक्ताहरुले ढुंगा तेस्र्याएर सातदोबाटो-लगनखेल सडक झण्डै २ घण्टा अवरुद्ध पनि पारे ।
‘हिजो लाइन बस्दा नै यहाँ बाँडिदैन् भनेको भए हामीले दुःख पाउनै पर्दैनथ्यो । सूचना हेरेर आएर बसियो । अन्तिम समयमा आएर तेल बाँडिदैन भनियो’ अर्का एक उपभोक्ताले भने-‘२६ गते अरु नै लटका बाइकले तेल पाउँछन् । दुइमहिनामा एकपटक हाल्न पाएको तेल पनि उनीहरुको मनलाग्दीले नै नपाइने भयो ।’
झण्डै दुई घण्टाको तनावपछि ललितपूरमा ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथु नेतृत्वको प्रहरी टोलीले बल प्रयोग गरेर अवरुद्ध बाटो खुलायो । तर, अझै तेल वितरणको माग गर्दै सर्वसारधण पम्पको गेटमा धर्नामा छन् ।
तर, शक्तिदेवी पम्पले आफुलाई अत्यावश्यक सवारीलाई मात्र तेल दिने निर्देशन आएको बताएको छ । आयल निगमका वितरण विभाग प्रमुख तथा प्रवक्ता मुकुन्द घिमिरे भने शक्तिीदेवीलाई निजी मोटरसाइकललाई तेल बाँड्न भनिएको बताउँछन् ।
तर, शक्तिदेवी पेट्रोल पम्पमा खटिएका सेनाका अधिकारी आफूलाई त्यस्तो कुनै निर्देशन नआएको बताउँदै बसेका छन् । उनीहरु कुनै हालतमा मोटरसाइकललाई तेल नबाँड्ने अडानमा छन् । उनीहरुले २६ गते अन्य लटका पालो भएकाले अहिले लाइनमा बसेकाले यसपछि पनि नपाउने बताए ।
shakti devi petrol  (4)
शक्तिदेवी पम्पमा खटिएका बाणिज्य विभागका प्रतिनिधि अमित ढुंगानाले भने आयल निगमले बुधबार निकालेको सूचनामा गल्ति हुँदा उपभोक्ताले तेल नपाएको स्वीकरे । उनले आफूले माथिल्लो निकायमा यसबारे जानकारी गराएको बताए ।
आयल निगमले बुधबार सार्वजनिक गरेको निजी दुई पाङ्ग्रे सवारीलाई पेट्रोल बाँड्ने पम्पहरुको सूचीमा शक्तिदेवीको नाम पनि छ ।
निगमले सार्वजनिक गरेको सूचीमा शक्तिदेवीमा ६ हजार लिटर तेल गएको देखिन्छ । सोही सूचना अनुसार मोटरसाइकल र स्कुटर चालकहरु अघिल्लो दिनदेखि नै शक्तिदेवी पेट्रोलपम्प अगाडि लाइन बसेका थिए ।
‘सिडिओ र आयल निगम नै चिन्दैनौं भन्छन् पम्पमा खटिएका सेना । यो कसको बिधि व्यवस्थाबाट चल्ने निकाय हो’ एक उपभोक्ताले आक्रोस पोखे- ‘माथिको आदेश छैन अरे । सिडिओभन्दा को माथि खोजेकोे, मोदी ?’
अधिकांशले आयल निगमले लापरवाही गर्दा र सेना जिम्मेवार नबन्दा दुःख पाएको भन्दै आक्रोश पोखे ।

No comments:

Post a Comment