मंसिर २३, २०७२- नेकपा एमालेका पोलिटब्युरो सदस्य लालबाबु पण्डितले चिनियाँ सहयोगलाई नेपालको तराई क्षेत्रमा पनि विस्तार गर्नुपर्ने बताएका छन्। नेपाल र चीनबीचको सम्बन्धमा मधेसी नेपालीको भूमिका अहं रहेको बताउँदै उनले भारतले केही मधेसीलाई उचालेर गरेको अवरोधका कारण दुई देशबीचको सम्बन्ध अझ मजबुत भएको बताए।
चीनको सान्सी प्रान्तको सिआनमा नेपाल–चीन मेडिकल रिसर्च सेन्टरले मंगलबार गरेको ‘नेपाल–चीन सम्बन्धमा वैज्ञानिक शिक्षामा सहकार्य’ कार्यक्रममा पण्डितले उक्त विचार व्यक्त गरेका हुन्। नेपालका मधेसीमूलका मानिस प्राविधिक शिक्षामा अगाडि रहेको उल्लेख गर्दै उनले चीनले धेरै नेपाली विद्यार्थीलाई चिकित्साशास्त्रमा छात्रवृत्ति दिएर सहयोग गर्नुपर्ने बताए।
अहिले भारतले नेपालमाथि आर्थिक नाकाबन्दी लगाएको र चीनसँग नेपालले धेरै अपेक्षा गरेको बताउँदै नेता पण्डितले संकटका बेला चीनले गरेको सहयोग नेपालले सधैं सम्झिरहने बताए। उनले नेपालले चीनसँग इन्धन सम्झौता गर्नै पर्नेमा पनि जोड दिए। चीन–नेपाल मेडिकल रिसर्च सेन्टर डा. राजीव झाले स्थापना गरेका हुन्। पूर्वउपराष्ट्रपति परमानन्द झाले केही महिनाअगाडि यो संस्थाको उद्घाटन गरेका थिए। यो संस्थाले चीन र नेपालबीचमा मेडिकल शिक्षाको आदानप्रदान तथा सहकार्य गर्ने लक्ष्य राखेको डा. झाले कान्तिपुरलाई बताए। उनले निकट भविष्यमै वीर अस्पतालसँग चिनियाँ प्रविधि आदानप्रदानका लागि आफ्नो संस्थाले सहकार्य गर्न लागेको जानकारी पनि दिए।

प्रकाशित: मंसिर २३, २०७२
No comments:
Post a Comment