Thursday, December 10, 2015

पाँच-छ सन्तानको पिता बन्ने रोनाल्डोको इच्छा


२०७२ मंसिर २४ गते ११:२१ मा प्रकाशित
 0  1 
  0
Ronaldo
२४ मंसिर, काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डो २०१० मा क्रिष्टियानो जूनियरका पिता बने । यद्यपि उनले अहिलेसम्म आफ्नो छोराको आमाको पहिचान सार्वजनिक गरेका छैनन् ।
तर, बीबीसीसँगको कुराकानीमा रोनाल्डोले यदि भविश्वमा उनको जीवनमा कुनै महिलाको प्रवेश भए उनी भविश्यमा अरु बच्चा जन्माउन चाहन्छन् ।
रोनाल्डोका अनुसार बाबु बन्नु अघि यो कुरा उनी सोच्न पनि सक्दैनथे । तर, आज उनका छोरा उनबाट खास प्रभावित छन् र भन्छन्, उनी मेरो जीवनमा आएपछि जिन्दगीलाई हेर्ने र बुझ्नो मेरो तरिका नै परिर्वतन भयो ।’
रोनाल्डोका अनुसार बाबु बन्नु निकै फरक अनुभव हो र यसले मनलाई निकै राहत हिन्छ । उनी भन्छन्, अब मलाई लाग्छ कि म कम्तिमा पाँच-छ बच्चाको पिता बन्नुपर्छ । मेरो आर्थिक स्थितिले पनि मलाई यसका लागि अनुमति दिन्छ ।’
उनी अघि भन्छन्, यो मेरो सपना हो कि मेरो परिवार होस्, बच्चा होस् ।’ उनका अनुसार उनले पटक पटक साथीहरुलाई बच्चा जन्माउन चाहेको समेत बताएका छन् । उनले भने, म सही जीवनसाथीको प्रतिक्षामा छु, एक यस्तो महिला जो मेरा लागि राम्रो होस् ।’

No comments:

Post a Comment