- नयाँ शक्तिको खर्च फेहरिस्त
मंसिर २१, २०७२-
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति निर्माण अभियानले १७ मंसिरमा राजधानीको प्रज्ञा भवन कमलादीमा अन्तरक्रिया गर्यो । त्यसका लागि अभियानले प्रज्ञा प्रशासनसमक्ष अपराह्न ४ बजेसम्मलाई हल शुल्क ५० हजार र सुरक्षा धरौटीबापत २० हजार गरी ७० हजार रुपियाँ बुझायो ।

पार्टी छाडेको साता नबित्दै १५ असोजमा भट्टराईले दरबारमार्गको अन्नपूर्ण होटलमा उद्योगी–व्यवसायीहरूसँग अन्तरक्रिया गरेका थिए, जहाँ एक लाख रुपियाँभन्दा बढी खर्च भएको थियो ।
नयाँ शक्ति निर्माण गर्ने भन्दै ९ असोजमा एमाओवादी पार्टी र सांसद् पदबाट राजीनामा दिएयता भट्टराई र उनीनिकटहरूले हरेक दिनजसो यस्ता कुनै न कुनै औपचारिक कार्यक्रम गरिरहेका छन् ।
औपचारिक कार्यक्रमबाहेक प्रत्येक दिन भट्टराईले नागरिक समाजका अगुवा, उद्योगी, व्यवसायीलगायत छानिएका पात्रहरूलाई भेट्ने क्रम पनि जारी नै छ । प्राय: यस्ता पात्रलाई उनी आफ्नो निवास ललितपुर, सानेपानजिकैको होटल समिट, कुपन्डोलस्थित हिमालय होटल, दरबार मार्गको होटल याक एन्ड यती र अन्नपूर्ण होटलमा भेटिरहेका छन् ।
यसबाट बुझ्न सकिन्छ भट्टराई र उनको समूहका कार्यक्रम महँगा भइरहेका छन् । जस्तो : ६–७ मंसिरमा चाबहिलको एक पार्टी प्यालेसमा देशभरका आफू समर्थक अगुवा बोलाएर नयाँ शक्ति निर्माण अभियानको उद्घाटन र बन्द सत्र गरिएको थियो । कार्यक्रम संयोजक देवेन्द्र पौडेलका भनाइमा ७ मंसिरको बन्दसत्रमा १ हजार ७ सय अगुवा नेता–कार्यकर्ताको उपस्थिति थियो ।
भारतीय नाकाबन्दीपछि बजार भाउ तेब्बरसम्म वृद्धि भइरहेका बेला १ हजार ७ सय कार्यकर्ताका लागि खर्च निश्चय नै सस्तोमा आउँदैन । नयाँ बानेश्वरमा क्याटरिङ व्यवसाय सञ्चालन गरिरहेका एक व्यवसायीका अनुसार हालको बजार भाउ अनुसार एक जनालाई तीन सय रुपियाँभन्दा कममा खाना ख्वाउन सम्भवै छैन ।
८ मंसिर अपराह्न भट्टराईले अघिल्लो दिनको कार्यक्रमबारे जानकारी दिन नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गरे । इन्द्रेणी कम्प्लेक्सका भनाइमा त्यहीँ ‘लन्च’सहित कार्यक्रम गरिएमा अतिरिक्त हल भाडा तिर्नु पर्दैन । तर, एक जना बराबर सादा खानाको न्यूनतम ६ सय र मासुसहितको खानाको सात सय रुपियाँ पर्छ । लन्चबाहेक कार्यक्रम गर्ने हो भने सेवाशुल्क दुई हजारसहित कुल १० हजारदेखि २५ हजार रुपियाँसम्म लाग्छ ।

१५ मंसिरमा गौशालाको एक पार्टी प्यालेसमा प्रदेश–३ का अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइएको थियो । त्यहाँ पनि चिया–बिस्कुट खुवाइएको थियो । फेरि, १५ कात्तिकमा भट्टराईले बानेश्वरकै अल्फाबिटा हाउसमा ‘प्रबुद्ध व्यक्ति’हरूसँग अन्तरक्रिया गरे । त्यसका लागि आयोजकले १५ हजार रुपियाँ शुल्क तिरेको थियो ।
वैधानिक आय केही नदेखिने, आर्थिक पारदर्शिताको कुराचाहिँ गर्ने तर खर्चको स्रोत भने नदेखाउने रोगले नयाँ शक्तिको वकालत गरिरहेको भट्टराई पक्षलाई पनि गाँजेको देखिन्छ । किनभने, अहिलेसम्म उनीहरूले जति कार्यक्रम गरिरहेका छन्, त्यसको खर्चको स्रोत सार्वजनिक गर्न आवश्यक ठानेका छैनन् । भट्टराईनिकट नेता देवेन्द्र पौडेल निकै दु:खले कार्यक्रम गरिरहेको सुनाउँछन् तर विस्तृत बताउँदैनन् । उनका अनुसार खर्च कटौती गर्नकै लागि झन्डा, तुल, ब्यानर, ब्याच केही नबनाइएको, अतिथिहरूलाई समेत कुर्सीको व्यवस्था नगरी सामान्य ढंगले बसाइएको थियो ।
खर्च अभावमा सामान्य पार्टी प्यालेसमा कार्यक्रम गर्नुपरेको, उद्घाटनमा आउने प्रतिनिधिलाई सम्भव भएसम्म आफ्नो व्यवस्थापन आफैँ गर्न निर्देशन दिएको, आफैँ व्यवस्थापन गर्न नसक्नेलाई मात्र सामान्य र सस्तो होटलमा राखिएको थियो ।
६ मंसिर बेलुकी ३ सय ५० जना, ७ को बिहान ८ सय ५० र बेलुकी त्यस्तै ३ सय ५० जनालाई प्रतिव्यक्ति २ सय ५० रुपियाँका दरले उद्घाटन र बन्द सत्र गरिएको पार्टी प्यालेसमै खाना ख्वाएको पौडेल बताउँछन् । यसबाहेक होटलको बासका लागि भएको खर्चबारे भने उनले बताएनन् । उनकै भनाइ अनुसार हिसाब गर्दा कार्यक्रमस्थलमा ख्वाइएको खानाका लागि मात्र ३ लाख ८७ हजार ५ सय रुपियाँ खर्च भएको देखिन्छ । कहाँबाट जुटाइयो यो रकम ? को–को हुन् चन्दादाता ? यसबारे भने उनी केही बताउन चाहँदैनन् । भन्छन्, “को–कोबाट कसरी खर्च जुट्यो, टिपेर राखेका छौँ । पार्टी बनिसकेपछि बकपत्र वा श्वेतपत्र सार्वजनिक गर्नेछौँ ।”
देश दौडाहाको खर्च
एमाओवादी पार्टी र सभासद् पद परित्यागको घोषणा गरेको चौथो दिन १२ असोजमा बाबुराम भट्टराई आधा दर्जन सहकर्मीका साथ मधेस आन्दोलनप्रति ऐक्यबद्धता जनाउन भन्दै जनकपुर पुगे । त्यहाँ उनका पक्षमा माहोल बनाउन रामचन्द्र झा, रामकुमार शर्मा, प्रभु साहलगायत मधेस केन्द्रित नेताहरू केही दिनदेखि प्रयत्नरत थिए । एमाओवादी परित्याग गरेपछि भट्टराई राजधानीबाहिरका कार्यक्रममा सहभागी भएको यो पहिलो दिन थियो । गोपाल धर्मशालामा भएको सभालाई सम्बोधन गर्न उनी हवाईजहाजबाट जनकपुर पुगेका थिए भने त्यसै दिन जहाजबाटै राजधानी फर्किए । २४ कात्तिकअघिसम्म राजधानीबाट जनकपुरको हवाई भाडा न्यूनतम ३ हजार ५ सय ४० थियो । यस हिसाबले भट्टराईसहित आधा दर्जन सदस्यको आतेजाते हवाई भाडा मात्र करिब ४३ हजार खर्च भएको देखिन्छ ।
आफ्ना अंगरक्षक, स्वकीय सचिवालयमा कार्यरतसहित पाँच जनाको टिम लिएर २८ असोजमा भट्टराई पोखरा पुगे । त्यहाँ उनी पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भएको छलफलमा सहभागी भए । पोखरामा संवाद नेपालले कार्यक्रम आयोजना गरेको भट्टराई पक्षधरको भनाइ छ । काठमाडौँबाट जहाजमा पोखरा गएका उनी त्यसै दिन जहाजबाटै राजधानी फर्किए । त्यसबेला काठमाडौँ–पोखरा हवाई भाडा ४ हजार ३ सय ५० रुपियाँ थियो । पाँच जनाको समूह काठमाडौँ–पोखरा आतेजातेका लागि मात्र न्यूनतम ४० हजार रुपियाँ खर्च भएको थियो । त्यसअघि पनि भट्टराई पोखरा पुगेका थिए तर गाडीमा ।
कैलाली प्रशासनले सुरक्षा खतरा रहेको भन्दै नआउन आग्रह गर्दा गर्दै पनि २० असोजमा भट्टराई कैलालीको टीकापुर पुगे । गाडीमा गएका उनी जहाजमा फर्किए । त्यसबेला जहाजबाट धनगढीको भाडा प्रतिव्यक्ति ११ हजार १ सय ४० रुपियाँ थियो । त्यसो त भट्टराई टीकापुर मात्र पुगेका छैनन्, नयाँ शक्ति निर्माण गर्ने घोषणा गरेपछि हेटौँडा, पाल्पा पनि पुगेका छन् । गृहजिल्ला गोरखा त झन् नपुग्ने कुरै भएन । आगामी दुई महिनामा ७५ वटै जिल्ला पुग्ने उनी र उनीनिकट नेताहरूको योजना छ । त्यसका लागि खर्चको माध्यम के हो ? भट्टराईको अभियानका अर्का नेतृत्वकर्ता देवेन्द्र पौडेलका शब्दमा जिल्ला–जिल्लामा जाँदा त्यहीँका नेता–कार्यकर्ताले खर्च बेहोर्दै आएका छन् । “यसअघि जहाजमा भएको खर्च टिप्नु भएको छ । त्यसलाई सार्वजनिक गर्नुहुन्छ,” भन्छन्, “हामीसँग रकम मौजूदा भएकाले जिल्ला–जिल्ला पुग्न लागेका होइनौँ । दु:ख गरेर जान लागेका हौँ ।”

No comments:
Post a Comment