Thursday, December 10, 2015

हतियारसहित लुटेरा समूहका नाइके पक्राउ

मंसिर २४, २०७२- हुलाकी सडकमा गौडा कुरेर लुटपाट गर्न बसेका एकजनालाई प्रहरीले बुधवार राति हतियारसहित पक्रेको छ । लुटपाटमा संलग्न अन्य ३ फारार छन् ।
देबाही–मौलापुर बकैया पुलमा लुटपाट गर्न बसेका कर्कच कर्मैया–८ का रामानान्द मुखियालाई एकथान कटुवा पेस्तोलसहित पक्रेको जिल्ला प्रहरीका डीएसपी राजेन्द्र पोख्रेलले जनाए । पोख्रेलका अनुसार पक्राउ परेका मुखिया लुटेरा समुहका नाइके हुन् ।
मुखियाको टोलीले स्थानीय दिपही–३ का वैद्यनाथ चौधरी, राजेश कलवार, बैधनाथ चौधरी, अनोठा कलवार, सन्तोषकुमार साह र सरमुजवा– ६ का शिवपुजन यादवलाइ लुटपाटको प्रयास गरेका थिए । उनीहरु कार चढेर मौलापुरबाट दिपही जाने क्रममा गौडा कुरेर बसेका मुखीयाको टोलीले लुटपाट गर्न खोज्दा मौलापुरको प्रहरी चाकीको टोली घटनास्थल पुगेर पक्रेको हो ।
घटनामा संलग्न ३ फरार छन् । उनीहरु बकैया पुलनजिक बसेर स्थानीयलाइ कटुवा पेस्तोल र  अन्य धारिला घरेलु हतियार देखाइ लुटपाट गर्ने योजनामा थिए ।
४ मध्ये मुखियालाई पीडितको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । घटनामा संलग्न कर्कच कर्मैया –८ का वली मुखिया, विजय  मुखिया र अशोक मुखिया फरार छन । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment