मंसिर २३, २०७२- अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले आँफूले पद छोड्नु परे पनि अहिले थालिएको छानबिन नरोक्ने बताएका छन् ।
भष्ट्रचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोग परिसरमा भएको कार्यक्रममा बोल्दै उनले अहिले बढाएको छानबिनमा अरु थुप्रैको नाम भएको र उनीहरु माथि पनि छानबिन हुने जिकिर गरे ।
‘पछिल्लो समय पत्र काटेर अगाडी बढाइएको अनुशन्धान प्रक्रिया र कानुनसम्मत छ,’ उनले भने, ‘यो कुनै पनि हालतमा रोकिँदैन ।’ प्रमुख आयुक्त कार्कीले कानुनसम्मत अनुशन्धान गर्दा भइरहेको विरोध प्रति भने रोष व्यक्त गरे ।
‘अख्तियारले पत्र काटेर छानबिन गर्दैमा दोषी हुने होइन,’ उनले भने, ‘अनुशन्धानपछि को दोषीको को होइन थाह हुन्छ । अनुशन्धान कै विरोध गर्नु राम्रो होइन ।’ उनको अनुसार अख्तियारले पहिला जस्तै सिधै नसमातेर अनुशन्धानका लागि खुकुलो र लचिला हुँदा पनि विरोध भएको समेत आपत्ति जनाएका थिए ।
‘बरु म पदमा नरहुँला तर छानबिन रोकिन्न,’ उनले भने ।

No comments:
Post a Comment