मंसिर २३, २०७२- विद्युतको हाइभोल्टेज प्रशारण भएकाले करेन्ट लागेर बुधबार बिहान हाँडीखोला गाविसका एक वृद्धासहित दुई महिलाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
हाईभोल्टेजको कारण करेन्ट लागेर हाँडीखोला गाविस–४ की ७० वर्षीया ठुलीमाया मोक्तान र १७ वर्षीया शर्मिला डिमडुङको मृत्यु भएको हो । हाईभोल्टेजका कारण मिटर बक्स पडकेर करेन्ट लागि मोक्तानको घटनास्थलमा नै मृत्यु भएको थियो भने डिमडुङको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरी उपरिक्षक मीरा चौधरीले बताइन् ।
घाइतेहरुको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । घाइतेमध्ये अक्कलबहादुर मोक्तानको अवस्था गम्भिर रहेको छ ।
No comments:
Post a Comment