Thursday, December 10, 2015

मधेसी मोर्चा के चाहन्छ स्पष्ट हुनुपर्छ : गृहमन्त्री बस्नेत

मंसिर २४, २०७२- सीमांकन लगायत मोर्चाले उठाएका सवालमा सरकार लचिलो भएकाले संकट समाधानका लागि आन्दोलनकारी पनि गम्भिर हुनुपर्ने गृहमन्त्री शक्ति बस्नेतले बताएका छन् । 
क्रान्तिकारी पत्रकार संघले पोखरामा बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, 'संविधानमा रहनुपर्ने प्रावधानको विषयमा मधेसी मोर्चा के चाहन्छ, प्रष्ट हुनुपर्छ । सरकार संवाद र छलफलका लागि लचिलो छ ।' 
संवादबाट निष्कर्षमा पुग्न सकिने विषयलाई सडक अवरोध र अन्यत्र घुमिहिँडेर निकास नमिल्ने उनले बताए । 'असहमति र मागका विषयमा वार्ताबाट समाधान खोज्नुपर्छ,' उनले भने, 'सरकारले कहिल्यै छलफल गर्दैनौं भनेको छैन । मोर्चा स्पष्ट नहुँदा संकट लम्बिएको हो ।'
 
राजविराजको अस्पतालमा भएको बल प्रयोगको घटनामा जिम्मेवार स्वास्थ्यकर्मीले पनि गम्भिर हुनुपर्ने उनले बताए । 'सामाजिक माग र कानुन कार्यान्वयनका सवालमा सरकार कडा भएको छैन । सामाजिक मूल्य मान्यता ख्याल गरि अवस्था अध्ययन गरिरहेको छ,' उनले भने ।
क्षेत्रीय सुरक्षा बैठकका लागि यहाँ आएका गृहमन्त्री बस्नेतले सुरक्षा योजना कार्यान्वयन गराउन आफ्नो मन्त्रालय लागिपरेको बताए ।


No comments:

Post a Comment