Thursday, December 10, 2015

रोल्पामा जीप पल्टिँदा २ जनाको मृत्यु, दर्जन घाइते

मंसिर २४, २०७२- पूर्वी रोल्पामा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । बुधबार बेलुकी भएको दुर्घटनामा एक दर्जन घाइते भएका छन् । प्रहरीका अनुसार सुलीचौरदेखि पूर्वी गाविस पाङतिर जादै गरेको लु १ प ५६२५ नम्बरको जीप सडकबाट झन्डै ५० मिटर सडक तल खसेको हो ।
घटनास्थलमै मृत्यु भएकामा गुम्चालका ४ का २५ वर्षका सेतु पुन र पाङ ९ का १७ वर्षका गणबीर खत्री छन् । सुलिचौरस्थित इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक शशीधर अधिकारीले मृत्यु भएका र घाइते भएकाहरुको सनाखत भइसकेको बताए ।
घाइतेमध्येलाई सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउने व्यवस्था मिलाइएको छ । अति गम्भीर घाइते ७ जनालाई भने थप उपचारका लागि नेपालगञ्ज पुर्‍याइएको छ । थप उपचारका लागि नेपालगञ्ज पुर्‍यााइएकामा पाङ ८ का गीरबहादुुर विष्ट, दले विष्ट, सनम विष्ट र खेदुलाल विष्ट, पाङ ९ का झकलाल विष्ट, देवबहादुर विष्ट र हरिकला विष्ट छन् । जीप चालक भने फरार छन् ।



No comments:

Post a Comment