२४ मंसिर, काठमाडौं । अमेरिकी डलरको फेरि भाउ बढेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर १ सय ६ रुपैयाँ ६४ पैसामा किनेर १ सय ७ रुपैयाँ २४ पैसामा बिक्री गर्ने जनाएको छ ।
राष्ट्र बैंकले बुधबार १ सय ७ रुपैयाँ १ पैसा र बिहीबार १ सय ६ रुपैयाँ ९२ पैसामा अमेरिकी डलर किनेको थियो । केही सातायता अमेरिकी डलरको मूल्य १ सय ६ रुपैयाँ माथि छ ।
देशको अर्थतन्त्र आयातमा आधारित भएको र विदेशीलाई तिर्नुपर्ने ऋण तथा त्यसको व्याज डलरमा तिर्नुपर्ने भएकाले डलरको मुल्य बढ्दा देशले घाटा व्यहोर्नु पर्छ । तेस्रो देशमा आन्तरिक उत्पादनको उल्लेख्य निर्यात भएको अवस्थामा मात्रै डलरको भाउ बढ्दा देशलाई फाइदा हुन्छ ।
तर, बढ्दो डलरको भाउले बिदेशमा श्रम गर्ने नेपालीहरुलाई भने फाइदा हुने छ । त्यहीकारण डलरको मूल्य बढ्दा नेपालमा रेमिट्यान्स आप्रवाहको चाप पनि बढ्छ ।
No comments:
Post a Comment