Wednesday, December 9, 2015

साहित्यकार घिमिरेलाई आवास सुविधा

मंसिर २३, २०७२- सरकारले साहित्यकार झमक घिमिरेलाई आवास सुविधा उपलब्ध गराउने भएको छ ।
पशुपति क्षेत्र विकास कोषको मंगलबार बसेको बैठकले साहित्यकार घिमिरेका लागि आवास निर्माण गर्न काठमाडौँ गोठाटारमा रहेको आफ्नो जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले भेट गरी साहित्यकार घिमिरेलाई आवास उपलब्ध गराउन लागिएको जानकारी दिए ।


No comments:

Post a Comment